प्रदेशसमाचारसमाज

मास्क नलगाउने ९४६ जना कारवाहीमा

[mashshare]

कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् ।

असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लकडाउन अवधिभर आठ सय ६ वटा मोटर साइकल, ३४ वटा स्कुटर, २२ वटा जीप, भ्यान, १६ वटा ट्याक्टर, १७२ वटा अटो र १३ वटा ट्रकहरु लकडाउन उल्लङ्घनको कार्बाहीमा परेका छन् । जसबाट ६ लाख ६२ हजार राजश्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close