राजनीतिसमाचारसमाज

पञ्चपुरी र चौकुनेमा बिपी स्मृति दिवस मनाइयो

[mashshare]

विपी कोइरालाको ३८ औं स्मृति दिवस सुर्खेत को पञ्चपुरी र चौकुनेमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पञ्चपुरी नगर कार्यसमितिको आयोजनामा स्मृति दिवसको अवसर पारेर बाबियाचौर को त्रिबेणी पार्क, चौकुने गाउ कार्य समितीको आयोजनामा गुटु र घाटगाउमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।


कार्यक्रम मा नेपाली काँग्रेस पञ्चपुरी नगर सभापति नरेन्द्र बहादुर शाहीले सबै कार्यकर्ताले विपीको विचारलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने मा जोड दिनुभएको छ । साथै उहाले वीपीले देखाएको बाटोमा हिड्न सके काङ्ग्रेस बलियो पार्टीको रुपमा हुने समेत बताउनुभयो । कार्यक्रममा पुर्ब सञ्चार राज्य मन्त्री तप्तबहादुर बिष्ट, केन्द्रीय सदस्य हृदयराम थानी, शिबराज जोशी लगाएत नेपाली काङ्ग्रेस का नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close