प्रदेशसमाचारसमाज

लक्ष्मि लघुबित्त द्वारा मृतक का परिवारलाई सहयोग

[mashshare]

लक्ष्मि लघुबित्त बित्तिय संस्था बाबियाचाैरले समुहका मृतक सदस्य काे परिवार लाई नगद सहयोग गरेकाे छ । संस्थाले पञ्चपुरी ५ मा दुर्घटनामा परि मृत्यु भएका तुलाराम पुरीले संस्था बाट लिएको १ लाख ५० हजार कर्जा मिनाह गरेको छ । साथै संस्थाले दुर्घटना बिमा र काजकिरिया बापत काे खर्च गरि जम्मा ३ लाख १५ हजार नगद पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा र शाखा बाबियाचाैरका प्रबन्धक बिबेक अाचार्यले घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।

शाखा प्रमुख अाचार्यले नया अार्थिक बर्षदेखी संस्थाले नया सफ्टवेयर बाट काम सुरुवात गरेको हुदा जुनसुकै शाखा बाट पनि ग्राहक सदस्य ले रकम झिक्न र जम्मा गर्न सक्ने बताउनुभयो । साथै उहाले संस्थाका ग्राहक सदस्य हरुका लागि सरल अाकर्षक सेवा प्रदान गर्न लक्ष्मी लघुबित्त सधैं तत्पर रहेको समेत जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close