प्रदेशसमाचारसमाज

कालिकोटको महाबैमा राहत बितरण

[mashshare]

कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा कोपिला भ्याली सेवा समाजको राहत हिजो महाबै गाँउपालिकामा पनि बितरण गरिएको छ ।
महाबै गाँउपालिका वडा नं २ का ३ सय ४० जना घरपरिवारलाई खाडाचक्र नगरपालिकाको सेरावाडामा राहत बाडिएको वडा अध्यक्ष गौकला सिंहले जानकारी दिनुभएको छ ।

गाँउपालिकाले लकडाउनको समयमा खाद्य सामाग्री वाहिरी ठाँउवाट आयात हुन नसकेर खाद्यान्न समस्या परेको थियो सधै अधिकाँस मानिसहरुले कृषि पेशा गर्ने, भौगोलिक समस्या सिंचाइ समस्याका कारण यहाँको उत्पादिन खाद्यान्नले ३ देखि ६ महिना मात्र खानपुग्ने परिवारसंख्या धेरै रहेकोले अधिकांस मानिसहरुले भारत र नेपालका अन्य शहरमा गई लेवर गरि कमाइ खाने घरपरिवार पाल्ने गर्ने गरेकोमा अहिले कोभिड १९ को कारण कोहि कतै जान नसकेको अवस्थामा कोपिला भ्याली सेवा समाजले प्रतिघरपरिवारलाइ २५के.जी. चामल ४ के.जी. दाल १ के.जीं नुन १ लिटर तेल कोल्गेट ब्रुस पि फर्म मच्छर दानी (झुल) राहत २५ केजीका ३ सय ४० प्याक चामल राहत सामाग्री प्राप्त गरि बितरण गरेको कुरा जानकारी गराउनु भयो । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु धन्यवाद भनेर धन्यवाद पत्रमा उल्लेख गरेको छ । thetriratna

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close