
धनगढी-धनगढी उप–महानगरपालिकाका एक शाखा प्रमुख बस्ने कुर्सीमा दिसा भेटिएपछि छानविन समिति गठन गरिएको छ।
उप-महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएपछि उपमहानगर कार्यालयमा त्यसको ब्यापक चर्चा चलेको छ।
बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएको थियो। त्यसको ब्यापक चर्चा परिचर्चा भएपछि शुक्रबार उपमहानगरपालिकाका सुचना अधिकारी सुरेन्द्र कार्कीको संयोजकत्वमा तिन सदस्यिए छानविन समिति गठन गरिएको छ।
समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रुपमा उक्त सन्दर्भमा वास्तविक के हो ? भनी अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको बताए।
कुर्सीमा बसेको केही समयपछि जोशीले दिसा राखेको थाहा पाएका थिए।तर दिसा कसले र किन राख्यो भन्ने कुरा खुलेको छैन्। deshsanchar