प्रदेशसमाचारसमाज

दार्मा गाउँपालिकाले ३ सय ६५ परिवारलाई खाद्यान्न वितरण गर्ने

[mashshare]

सल्यानको दार्मा गाउँपालिकाले ३ सय ६५ परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गर्ने भएको छ । साउन ०४ गते बसेको कार्यपालिका बैठकले अतिविपन्न तथा विपन्न घरपरिवारलाई राहत वितरण गर्न निर्णय गरेको हो । कोभिड -१९, रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दी, बाढी, पहिरो र सलह किराको प्रकोपले सिर्जित विषम परिस्थिका कारण खाद्यन्न समस्या परेका घरपरिवारलाई खाद्यन वितरण गर्ने गाउँपालिका कार्यालयले जनाएको छ ।

श्रम गर्न नसक्ने जनशक्ति भएका विपन्न परिवारलाई निशुल्क र श्रम गर्न सक्ने जनशक्ति भएका विपन्न परिवारलाई श्रममा आधारित खाद्यन्न वितरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष निमबहादुर के.सी. ‘अरुण’ ले बताउनुभयो ।

श्रम गर्ने जनशक्ति नभएका २ सय र श्रम गर्न सक्ने जनशक्ति भएका १ सय ६५ परिवार गरि ३ सय ६५ परिवारलाई खाद्यन्न वितरण गर्ने गाउँपालिकाको तयारी छ । श्रम गर्न नसक्ने अवस्थाका परिवारलाई २५ किलो चामलका साथै आवश्यक मात्रामा दाल र नुन समेत वितरण गरिने बताइएको छ । श्रम गर्न नसक्ने अति विपन्नको पहिचानका लागि वडा कार्यालयले सिफारिस गर्नुपर्ने छ । निशुलक राहतको सिफारिसका लागि सरकारी सेवा सुविधा नपाएका परिवार, असहाय तथा अनाथ बालबालिका हुनुपर्ने प्रावधान तोकिएको छ ।

श्रम गर्न सक्ने जनशक्ति भएका विपन्न परिवारका लागि पाँच दिन बराबरको काम गरेवापत् ५० किलो चामल उपलब्ध गराइने बताइएको छ । तोकिएको स्थानमा मापदण्डअनुसार काम पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । विशेष गरि साउन महिना खाद्यन्न सङ्कट हुने महिना भएकोले निशुल्क र श्रममा आधारित खाद्यन्न वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष के.सी.को भनाइ छ । साउन महिना भित्रै दुबै किसिमको रातह वितरण गरिसक्ने तयारी गाउँपालिकाले गरेको छ । malikapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close