समाचारसमाज

पञ्चपुरीकाे बाबियाचौर र विद्यापुरमा फोरजी सेवा सुरू

[mashshare]

सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बाबियाचौर र विद्यापुरमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ ।

पञ्चपुरी नगरपालिका अन्तर्गतका यी दुई ठाउँमा आज देखि फोरजी सवा सुरु गरिएको हो । विशेषगरी जिल्लाका सदरमुकाममा र आसपासका क्षेत्रमा मात्र फोरजी सेवा दिइरहेको टेलिकमले पश्चिम सुर्खेतमा पहिलो पटक सेवा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं उक्त निर्वाचन क्षेत्रका संघीय सांसद् नवराज रावतको निरन्तर पहल पश्चात नेपाल टेलिकमले यहाँ फोरजी सेवा सुरु गरेको हो ।

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार गर्न सजिलो हुने इन्जिनियर विराज काफ्लेले जानकारी दिए । सेवा सुरु गर्न गएका इन्जिनियर काफ्लेले विद्युत सेवा नभकाएले सोलारबाट फोरजी सेवा सुरु गरिएकोले लगातार घाम नलाग्दा भने केही असज हुनसक्ने बताए ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close