समाचार

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीमा काेराेना सङ्क्रमण

[mashshare]

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका दुई जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close