समाचारसमाज

जंगली च्याउ खाएर मर्नेको संख्या पाँच पुग्यो

[mashshare]

च्याउको तरकारी खाएर गम्भीर बिरामी भएर प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका थप एक जनाको मृत्यु भएको छ।

जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीका २३ वर्षीय ललित चलाउनेको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेहरु सबै एकै घरका हुन्।

गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए। कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षिया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता सिंहको उपचारको क्रममा केही दिन अघि मृत्यु भएको थियो। चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको ११ साउनमा गाउँमै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close