प्रदेशसमाचारसमाज

बैज्ञानिक वनको बिषयलाइ लिएर पञ्चपुरीको देबिस्थान बनका उपभोक्ता बिच बिबाद

[mashshare]

बैज्ञानिक वन बनाउने र ब्यस्थापन गर्ने बिषयमा बाबियाचौरमा बिवाद सृजना भएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ को बाबियाचौर मा रहेको देबिस्थान सामुदायिक बन मा बिगत १ महिनादेखि बिवाद सुरु भएको हो । सामुदायिक वन उपभोक्ता समितिले बैज्ञानिक बन बनाउने योजना अघि सारेपछि उपभोक्ता हरु निर्णयको बिरुद्ध मा एकजुट भएका छन । पटक पटक निर्णय कार्यान्वयन का लागि पहल र छलफल हुदा पनि सहमति हुन नसक्दा बिबादले उग्र रुप लिएको छ ।

करिब ३ सय ५० भन्दा बढि उपभोक्ता रहेको सामुदायिक वनमा बैज्ञानिक वन बनाउन उपभोक्ता समिति र केही नागरिक हरु लागिपरेका छन भने केही नागरिक बैज्ञानिक बन बनाउन नहुने भन्दै हस्ताक्षर संकलन गर्न जुटेका छन । एकपक्ष बैज्ञानिक बन बनाउदा फाइदा छ भन्दै घर घरमा पुग्ने र अर्को पक्ष बेफाइदा हुन्छ भन्दै घरमा पुग्ने भएको हुदा यतार्थता बुझ्नै नसकिएको स्थानीय उपभोक्ता को भनाइ रहेको छ । स्थानीय उपभोक्ता कृपाराम थापाले बैज्ञानिक बनको फाईदा र बेफाइदा लाई ध्यान दिदै उपभोक्ता लाई यस बिषयमा समितिले प्रस्टरुपमा जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ ।


त्यसैगरी वडा नं ५ का वडा अध्यक्ष होमबहादुर रामजालीले बैज्ञानिक बन बनाउने सिमित कोटा रहेको र सामुदायिक बनले पाएको अबसरलाई सदुपयोग गर्न आबश्यक रहेको मा जोड दिनुभएको छ । यता सुर्खेत भेरी बन डिभिजन कार्यालय बाबियाचौरले बैज्ञानिक बन बनाउने नबनाउने जिम्मा उपभोक्ता को भएको र यसमा कार्यालयले आबश्यक सहजिकरण मात्रै गरिदिने जनाएको छ । आज भएको भेलामा ठोस निर्णय हुन नसक्दा बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close