प्रदेशसमाचारसमाज

काेराेना राेकथाम तथा नियन्त्रण का लागि पञ्चपुरी मा भिडभाड र जमघट हुन नपाईने

[mashshare]

पञ्चपुरी नगरपालिकाले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्न काे लागि कडाइ गर्ने भएको छ । नेपालमा पछिल्लो चरणमा काेराेना संक्रमण तिब्ररुपमा फैलिरहेकाे हुदा नगरपालिका स्तरमा हुने भेला, सभा, सम्मेलन र गाेष्टिहरु गर्न नपाईने भएको छ । नगरपालिका ले जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे निर्देशन लाई मध्यनजर गर्दै यसकाे पुर्णरुपमा कार्यान्वयन गर्न ईलाका प्रहरी कार्यालय बाबियाचाैरलाइ अनुराेध समेत गरेकाे छ । नगरपालिकाले रातिकाे समयमा समुदायमा हुने नाचगान तथा रमाइलो लाई पनि प्रतिबन्ध लगाउने भएको छ ।

काेराेना समुदायमा नफैलियाेस भनेर पुर्ब सतर्कता अपनाउन काे लागि नगरपालिका ले निर्णय कार्यान्वयन का लागि अनुराेध गरिएको पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले बताउनुभएको छ । साथै उहाले सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने, जस्ता हेलचक्रयाईले काेराेना सजिलै फैलिने भएको हुदा ब्यक्तिगत सरसफाइ र साबधानीका उपाय अपनाउन नागरिकलाई अाग्रह समेत गर्नुभएको छ । उप प्रमुख रेग्मीले भारत तथा अन्य देशबाट घरमा अाएका नागरिक ले सुरक्षित रुपमा हाेम क्वारेन्टाइन मा बस्न समेत सबैलाई अनुराेध गर्नुभएको छ ।

यता ईलाका प्रहरी कार्यालयले पनि धेरै भिडभाड नगर्न र बाहिर जादा अनिवार्य मास्क लगाउन सबैलाई निर्देशन समेत गरेकाे र यसकाे पालना नगरे अाबश्यक कार्वाही गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close