समाचार

स्वास्थ्य राज्यमन्त्री रावतसहित तीन दर्जन कर्मचारी क्वारेन्टिनमा

[mashshare]

स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्राइमरी कन्ट्याक्टमा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावत सहित मन्त्रालयका करीव तीन दर्जन कर्मचारी क्वारेन्टिन गएका छन् । ती मध्ये केही कर्मचारीले होम क्वारेन्टिन रोजेका छन् । होम क्वारेन्टिन सम्भव नभएका केही कर्मचारीहरुलाई गोदावरीस्थित कस्तुरी होटलमा लगेर राखिएको छ ।

स्वास्थ्य राज्यमन्त्री रावत आफ्नै क्वाटरमा रहने भएका छन् । तर उनका परिवारलाई गोदावरी पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क (प्राइमरी कन्ट्याक्ट) मा रहेका मन्त्रालय समन्वय महाशाशाखा, लेखा शाखा, नीति योजना महाशाखा लगायतका विभिन्न शाखामा कार्यरत करीव तीन दर्जन मध्ये आधा जसोले होम क्वारेन्टिन रोजेको बताइएको छ ।

क्वारेन्टिनमा रहेका उनीहरुलाई करीब ६ दिन पुगेपछि स्वाब लिएर पीसीआर जाँच गर्ने योजना मन्त्रालयको छ । मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) का संयोजक एवं सहसचिव डा गुणराज लोहनीले संक्रमित कर्मचारीसंग प्राइमरी कन्ट्याक्टमा रहेका सबै कर्मचारीलाई क्वारेन्टिनमा पठाइएको बताए ।

स्वास्थ्य मन्त्रालयमा संक्रमित देखिएका कर्मचारीको परिवारले औषधि व्यवस्था विभागको क्यान्टिन चलाउने, त्यहाँबाट विभाग र काउन्सिलमा चिया खाजा लैजाने गरेको पाइएको छ । एक जना सदस्यलाई संक्रमण देखिएपछि फार्मेसी परिषदले सूचना निकालेर सेवा अनिश्चित कालका लागि बन्द गरेको बताएको छ । काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले सेवा सुचारु गर्दा संक्रमण फैलने खतरा बढेको भन्दै तत्कालका लागि कार्यालय बन्द गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close