प्रदेशसमाचार

कर्णालीमा कोरोना संक्रमितको संख्या २००० नाघ्यो

[mashshare]

२६ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितिको संख्या दुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ छन् ।

पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ३ जिल्लामा गरी २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस्तै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको ६ भने ११७ जना आइसोलेसनमा रहेका छन् । onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close