प्रदेशसमाचारसमाज

पञ्चपुरीमा सरसफाइ कार्यक्रम गरी युवा दिवश मनाइयो

[mashshare]

AEIN लग्जम्बर को आर्थिक सहयोगमा TDH जर्मनी को सहजीकरण र आवाज संस्थाको आयोजनामा विश्व युवा दिवसको अबसरमा सरसफाइ कार्यक्रम आज पञ्चपुरीको बराइचेमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा न.४ को कार्यालय र युवा समुह को पहल तथा समन्वय मा वडा नं ४ को वडा कार्यालय परिसरमा सरसफाइ गरिएको आवाज संस्थाका तेज रोकायले जानकारी दिएका छन ।

सामुदयिक वन र विद्यालयको सिमाना छुट्टयाउने क्षेत्रमा गत वर्ष बृक्षारोपण गरिएका खयर, अमला, तेजपत्ता, किम्मु लगाएतका बिरुवाको गोडमेल समेत गरिएको छ । सामाजिक दुरि कायम गदै कार्यक्रममा कोभीड १९ को संक्रमण बाट बच्ने उपाय का बारेमा अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रम नगरकार्यपालिका सदस्य खगिसरा कडेल को अध्यक्षता मा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close