राजनीति

कर्णालीमा युवा संघको भेला, पुर्व मन्त्री ज्वालाले सम्बोधन गर्ने,

नेकपा एमाले माधव झलनाथ समुहको युवा संघ नेपालको कर्णाली प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको छ । कार्यक्रम प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत स्थित सिद्दार्थ सहकारीको हलमा बिहान ११ बजे देखि शुरु हुने बताईएको छ ।

कार्यक्रमलाई नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवम् कर्णाली प्रदेशका पुर्व अर्थ मन्त्री प्रकाश ज्वालाले सम्बोधन गर्नु हुने छ । यस्तै कर्णाली प्रदेशका बहालवाला पर्यटन मन्त्री नन्दसिं बुढा, कृषि मन्त्री कुर्मराज शाहि, भौतिक मन्त्री अम्मरबहादुर थापाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अतिथिको रुपमा नेकपा एमाले कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु, युवा संघ नेपालका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु लगाएको उपस्थिति हुने संघका प्रदेश अध्यक्ष अनिल बोगटीले जानकारी दिनु भयो । भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागी हुने छन ।

संघले बिहान ८ बजे प्रदेश अस्पताल सुर्खेतमा कोरोना सक्रमित बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम समेत रहेको युवा संघका केन्द्रिय सचिवालाय सदस्य कमल कृष्ण पौड्यालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close