प्रदेशसमाचार

आज दिउँसोपछि सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना

[mashshare]

काठमाण्डौ – आज पनि देशभर सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय जस्तो भए पनि जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले दिउँसोपछि देशभर नै सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । 

अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पोख्रेलले बताउनुभयो ।

राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close