प्रदेशराजनीतिसमाचार

सुर्खेत मा नेपाली काङ्ग्रेसमा प्रबेश गर्ने र फर्किने काे संख्या बढ्दै

[mashshare]

अागामि फागुनमा हुने नेपाली काङ्ग्रेसको १४ अाै महाधिवेशन काे तयारी का लागि सुर्खेतमा पनि चहल पहल बढेकाे छ । सुर्खेत काे पश्चिम बराहताल, पञ्चपुरी र चाैकुने का नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता नबिकरण र बितरणकाे चटाराे चलेकाे छ । चुनावकाे समयमा मात्रै घरदैलोमा अाउने देखि सधैं गाउमै बस्ने नेताहरु अहिले कार्यकर्तालाई अाफ्नाे पक्षमा पार्न र महाधिवेशन मा अाफ्नै पक्षमा बहुमत जुटाउन रस्साकस्सी जस्तै भएको छ ।

नेपाली काङ्ग्रेसको पश्चिम मा राजनीति का लागि शिवराज जाेशी, हृदयराम थानि र तप्त बिष्ट अहिले वडा टाेलमा पुग्ने गरेका छन । झट्ट हेर्दा स्थानीय चुनावकाे झल्काे देखिने गरि नेता कार्यकर्ता पार्टि प्रबेश गराउन र पुराना अाफ्ना कार्यकर्ता फरक पार्टी मा भएका लाई पुन फिर्ता गराउने गरि दाैडधुपमा लागेको देखिन्छ । गुटबन्दी काे राजनीति नगर्ने भनेर सबै नेताकाे जन जिब्रो मा झुन्डिए पनि महाधिवेशन पछि पार्टी भित्र कसले जिम्मेवारी लिने भन्नेमा लडाइँ चलेकाे छ । यतिबेला नेताहरुकाे दाैडधुपले पार्टी बलियाे हुने धेरै नेताहरुले अाकलन पनि गरेका छन । महाधिवेशन लाई मध्यनजर गर्दै पार्टी प्रबेश गर्ने र अाफ्नै पार्टीमा फर्कने लहर चलेकाे छ ।

पछिल्लो पटक नेकपा का गुटुका बिष्णु सापकोटा, जंग बुढा, लगामका जिरक बडुवाल, गुटुका तारा देबकाेटा, घाटगाउका सगुन ढाेली, बाबियाचाैरका बिरबहादुर सलामी काङ्ग्रेसमा प्रबेश गरेका छन । त्यसैगरी काङ्ग्रेस बाट नेकपामा प्रबेश गरेका बाबियाचाैरका शेरबहादुर देउवा पुनः नेपाली काङ्ग्रेसमा फिर्ता भएका छन । गुटबन्दी काे राजनीति गर्नुभन्दा पनि सबै नेताहरु संगठन बिस्तारमा लाग्नुपर्ने र प्रतिनिधि छनाैटका लागि चुनाव काे दिन मात्रै फरकधार बनाउनुपर्ने कार्यकर्ता काे धारणा छ । नेपाली काङ्ग्रेस का पञ्चपुरी नगर सचिब प्रेम बिष्टले अहिले काे महाधिवेशनले पार्टी बलियो हुने र अव हुने स्थानिय तहकाे चुनावलाई फाइदा हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close