प्रदेशसमाचारसमाज

सामुहिक रुपमा पञ्चपुरीमा तिज मनाउन नपाईने,,,

[mashshare]

पञ्चपुरी नगरपालिकाले महिलाहरुकाे महान चाड हरितालिका तिज मनाउन प्रतिबन्ध लगाउने भएकोछ । काेभिड १९ काे संक्रमण लाई मध्येनजर गर्दै नगरपालिका काे साउन ३२ गते प्रकाशीत गरेकाे सुचनामा मेला चाडपर्व र भिडभाड नगर्न निर्देशन दिएकाे छ । त्यसैगरी सामाजिक कामहरुमा १५ जना भन्दा बढि जमघट नहुने, सामान्य कामका लागि घरबाहिर ननिस्कने र सामुहिक कार्यक्रम नगर्न निर्देशन दिएकाे छ ।

नगरपालिकाले यस अघि साउन २५ गते चलानी नं २३७ काे पत्रमा ईलाका प्रहरी कार्यालय बाबियाचाैर लाई जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे निर्देशन पालना गर्न गराउन निर्देशन दिएकाे थियोे । त्यसकाे लगत्तै पञ्चपुरी नगरपालिका काे अायाेजनामा साउन ३१ गते बाबियाचाैरकाे एक हाेटलमा जनप्रतिनिधि, कर्मचारी र केही अन्य सामाजिक ब्यक्तित्वकाे सहभागीतामा तिज बिशेष कार्यक्रम सम्पन्न भयाे ।

यतिबेला नगरपालिका काे तिज विशेष कार्यक्रम भनेर थुप्रै जनप्रतिनिधि र कर्मचारीहरुले सामाजिक संजाल फेसबुकमा फाेटाे तथा भिडियो पाेष्ट समेत गरेका छन । नगरपालिका काे निर्णयलाई कसैले स्वागतयोग्य भनेका छन भने कसैले काेराेनाकाे जाेखिम बढेकाे बेला यस्तो कार्यक्रम गर्न नहुने समेत प्रतिक्रिया समेत दिएका छन । पछिल्लो समयमा समुदायमा काेराेना फैलिन सक्ने जाेखीम बढेपनि सामाजिक दुरी, मास्क प्रयाेग, भिडभाड कम गर्ने खालका कुनै पनि गतिविधि भएको देखिदैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि बीरेन्द्रनगरमा निषेधाज्ञा समेत जारी गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close