प्रदेशसमाचारसमाज

चौकुने सौर्य बिधुत उपभोक्ता सहकारीद्वारा दूध डेरी सञ्चालन

[mashshare]

किसानहरुकाे लाई अार्थिक अाम्दानि बढाउनकाे लागि चौकुने सौर्य बिधुत उपभोक्ता सहकारी संस्था लिमिटेड गुटुले दूध संकलन गर्न थालेकाे छ । साैर्य उर्जा उत्पादन बाट काम सुरु गरेकाे सहकारीले बचत तथा ऋण काे काराेवाराे समेत संचालन गर्दैन अाएकाे छ । सहकारीले कार्य क्षेत्र भित्र रहेका किसानहरुले उत्पादन गरेकाे दूध संकलन गरि स्थानीय र सदरमुकाम बजार मा बिक्री गर्न सुरुवात गरेकाे छ । कृषकहरुकाे बैक खाता संचालन गरि उनिहरुलाई मासिक रुपमा बैकमा पैसा जम्मा गर्ने ब्यवस्थापन गरिएको सहकारी का सचिब कमल जिसिले बताउनुभयाे ।

सहकारीले सुर्खेत डेरी उद्योग प्रा लि संग को प्राबिधिक सहयोग र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ग्रामिण जिबिकोपार्जन का लागि नविकरणीय उर्जा कार्यक्रम (RERL) को सहजीकरण मा दुध डेरी संकलन केन्द्र को स्थापना गरेकाे हाे । संकलन केन्द्र काे उद्धघाटन कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष तारा केशर सुवेदी ले सहकारीले सुरु गरेकाे काम प्रशंसा याेग्य रहेकाे र यसकाे दिगाेपना का लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभएको छ । साथै उहाले हरेक कृषकले दूध उत्पादन का लागि गाई तथा भैसीपालन ब्यवसायलाई अगालेमा अार्थिकरुपमा कृषककाे जिवनस्तरमा परिवर्तन अाउने बताउनुभयो । सहकारीले १०० किलाेवाट क्षमताको साैर्य उर्जा बाट ३सय ७० घरधुरीलाइ बिधुत समेत उपलब्ध गराउदै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close