जीवनशैली

ढकीया निर्माण व्यवसायले बरकुलपुरका नागरिकको दैनिकी फेरियो ।

[mashshare]

कपिलवस्तु जिल्लाकोे बुद्धभूमीे नगरपालिका वडा नं ९ मा अवस्थित राजमार्ग देखि उत्तरतर्फ १ किलोमिटर दुरीमा भएको जंगलले घेरीएको घरदुरी संख्या ८० मा जम्मा जनसंख्या ४२७ महिला २११ र पुरुष २१६ जना यसमा बालवालिका ५८ जना किशोरकिशोरी ६३ जना भएको एक सुन्दर थारु बस्ती भएको बरकुलपुर गाउँ जहाँका मानिसहरु विहानदेखी साँझ सम्म कृर्षि,खेतिपाती,बाख्रा,भैसी,दाउरा,घाँस,र मजदुरी गरेर दैनिकी चलाउछन् । केही यूवाहरु विदेशमा आउने जाने तथा केही गाउँमा भएकाहरु जाँडरक्सी खाने,खाने घुम्ने,चाँडपर्वमा आफ्नो आर्थिक स्थिति भन्दा बढी खर्च गर्ने,जस्ता कामहरु हुन्थे । गाउँका समस्याहरु सवालहरु,पहिचान गरेका थिएनन्,गाउँका सम्भावनाहरु थाहा थिएन् सबैजना आ¬आफ्नै तरिकाले काम गर्ने गाउँको विकासमा केही नसोच्ने जस्ता कामहरु थिए । गाउँका सामुहिक काममा पनि त्यति ख्याल नगर्ने फोहोर गाउँ अव्यस्थित बाटोघाटो,पहँच बिहिन मानिसहरु भएको यो बरकुलपुर गाउँमा विभिन्न किसिमका समस्याहरु बाट झेलिएको थियो ।

यसरी काम गरिरहेको तर यस गाउँको सम्भावनाहरुको खोजी नगरेको सबैजना कृर्षिमा मात्र आवद्ध भएको तर केही व्यवसाय गरेर आर्थिक अवस्थामा सुधार गर्नका लागि केही सोचेको थिएनन् । २०६५ सालमा ग्रामिण विकास कार्यक्रम द्धारा जिल्ला वन कार्यालय जिविकोपार्जनका लागि बन कार्यक्रम को सहयोगमा मिति २०६५ साल बैशाख १० गते देखि २०६५ जेठ १० गते सम्म १ महिने खर र मुजबाट हस्तकला सामग्री निर्माण तालिम बरकुलपुर गाविसको मध्ये बाट बरकुलपुर बाट मात्र ५ जना सहभागि हुनुभएको थियो । तालिम पछि बरकुलपुर गाविसको सबै गाउँको सहबभागि हुने गरी लुम्बीनी हस्तकला समुह गठन गरी ीँए को सहयोगमा हस्तकला का सामग्रीहरु संकलन गरी बुटवल,भैरहवा,काठमाडौँ लुम्बीनी महोत्सवमा प्रचारप्रसारका लागि स्टल राखियो ।
२०७० साल असोजमा ग्रामिण विकास कार्यक्रम नेपाल द्धारा जिल्ला वन कार्यालय ीँए को सहयोगमा जिविकोपार्जनका लागि वन कार्यक्रम मार्फत जयन टेक्नीकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बाट थारु हस्तकला निर्माण व्यवसायको १ तह सीप परिक्षण तालिममा बरकुलपुर बाट ३ जना छनौट भई तालिम लिनु भयो ।


२०७१ सालमा रिम्स,किड्स संस्था मार्फत हरियाली हस्तकला मार्फत १ समुह गठन भयो गठन पछि मासिक रुपमा बैठक बस्ने बचत उठाउने र समुहलाई व्यवस्थापन गर्न थाले । रिम्स किड्सको सहयोगमा हस्तकलाका सामग्रीहरु निर्माण गरी काठमाडौँ,बुटवल,भैरहवा,लुम्बीनी,तिलौराकोट,चन्द्रौटा महोत्सवमा लिएर प्रचारप्रसार तथा बिक्रि वितरण गरी बेचिएको सामान अनुसार १० रुपैया काटी ५ रुपैया समुहमा र ५ रुपैया स्टललाई दिने सहमति अनुसार सामग्रीको बिक्रि वितरण तथा प्रचारप्रसार गरियो । २०७५ सालमै रिम्स किड्सकै सहयोगमा तालिम लिएका हरुलाई प्रशिक्षककै रुपमा तालिमको लागि पठाउन थालियो । हस्तकलाको प्रचार प्रसार गर्नका लागि यस संस्थाको सहयोगमा तिलौराकोटमा सानो ट्यांकी व्यवस्थापन गरी प्रचारप्रसार गर्ने तथा बिक्रिवितरण गर्ने काम भयो ।
त्यस पछि किर्डाक नेपालले बुद्धभुमी नगरपालीकामा र वर्डा कार्यालय संग लक्षीत बर्गका आधारमा बस्ती छनौटका लागी बैठक बसी यस बरकुलपुर गाउँममा पनि संवाद संचालनका लागि आवश्यकताको महसुुुस गरी समुदायमा आम भेला गरी संवादको लक्ष्ये,उद्धश्ये बारेमा , कार्यक्रमको बारेमा जानकारी तथा घरधुरी छनौट र लक्षीत बर्ग किशोर ,किशोरीहरुको छनौट गरियो । समुदायको उपस्थितिमा संवाद केन्द्र संचालनका लागी संवाद सहयोग समिति गठन तथा सहजकर्ता, ऐनिमेटरको छनौट गएिको थियो । ऐनिमेटर लाई संवाद सहजिकरण संमबन्धी तालीम संचालन भयो । सम्पुर्ण अभिभावकहरुको उपस्थितिमा संवाद उद्धघाटन गरी संवाद केन्द्र संचालन गरियो ।

गाउँको अबस्था विष्लेषण .ं सामाजिक नकसाक बनाएर छलफल गर्दा संवादमा केन्द्रमा सामजिक नक्साबाट आएका विभिन्न सवालहरु लाई स्तरिकरण गरी संवादमा केन्द्रमा छलफल भयो । सामाजिक नक्सामा देखिएका समस्याका आधारमा यस गाउँमा थुर्पै किसिमका समस्याहरुको पहिचान भयो जस अन्तरगत महिला हिंसा,बालविवाह,नेतृत्वमा महिलाहरुको पहुँच नभएको , फोहोरमैला,चर्पीकाृ समस्या र चर्पीको प्रयोग नगर्ने,महिलाहरुलाई घर भित्रमत्र सिमित राख्नु जाँडरक्सी,जुवातास, लगाएतका समस्याहरु देखिएका थिए भने यस गाउँका राम्रापक्ष वा अवसरका रुपमा मिलेको गाउँ गारु वस्ती,सबैजना सहयोगी,सामुदायिक वन बृजा ताल,महेन्द्र राजमार्गको नजिकै भएको गाउँ,नजिकै वडा कार्यालय र माध्यमिक विद्यालय,बालविकास केन्द्र, हरुलाई सम्भावना र राम्रा पक्षका रुपमा स्तरीकरण गरीयो । र संवाद केन्द्रमा विषेश गरि चेतनाका स्तर, किशोरावस्थामा हुने परिवर्ततन, प्रजन्न श्वास्थ्य , जिवन उपयोगी सीप, सोच सपना लक्ष्ये , जिवन वृित्त विकास योजना , परिवार विकास योजना , मानव अधिकार , समुह संगठन, आयआर्जनका लागी ब्यबसाय र खुशी घर, खुशियाली नमुना गाउँका बारेमा छलफल गरि महशुसीकरण भयो ।

मिति २०७५ साल श्रावण २३ गते ईन्द्रेणी किशोरी संवाद क्लवको आयोजनामा स्ट्रोम फाउण्डेसन र किर्डाक नेपालको सहयोगमा गुणस्तरीय स्थानिय सामग्री व्यवस्थापन र बजारीकरण सम्बन्धि तालिम संचालन गरियो र यस तालिम बाट सामानको प्रचारप्रसार र बजारीकरणमा ठुलो सहयोग मिल्यो । समुहले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँमा हस्तकला स्थानिय सामाग्रीहरु बनाएको सामग्रीहरु एउटा सस्थाले रु १ लाख ५० हजारको उदारोमा लगेर हाल सम्म पैसा नदिएर सम्र्पक विहिन भए पछी समुदायले स्थानिय हस्तकला निर्माण सामाग्रीहरु बनाउनै छाडेको कुरा न.पा र वडा अध्यक्ष लाई सार्वजनिक सुनुवाई कार्यक्रम जानकारी गराए र वडा अध्यक्ष ज्यु ले त्यस संस्थाको खोजी गरी असुल गराई दिने जिम्मेवारीका शाथ प्रतिवद्धता भयो । ३ बर्ष पुग्दा सम्म पनी त्यस सस्थाले सामाग्रीको पैशा नदिए पछी पैशा पाउँछौ भन्नेै आशा नै मारी सकेको पैसा वडा कार्यालयको पहलमा पैसा असुली भए पछी समुदायमा समुहमा हामी एकजुट भए पछी हरेक काम सफल हुदो रहेछ भनेर हौसाला उत्प्रेरण सबैमा जाग्यो । र हराउन थालेको सीप , स्थानिय हस्तकला सामाग्रीहरु पुन बनाउन सुरु गर्ने समुहले निर्णर्य गरी प्रतिबद्धता गरे ।
यसैगरी किर्डाक नेपालको समन्वयमा काठमार्डौको एक जना हस्तकला व्यपारी संग समन्वय गरी उक्त व्यपारीको अर्डर अनुसार मासिक रुपमा १,५०,०००। बराबरको सामान पठाउने र व्यवारीले समुहको खातामा पैसा जम्मा गरी बनेका हस्तकलाका सामग्रीहरु बिक्रिवितरण गर्न थालियो ।

७ अगस्टमा नमूना गाउँ तथा हस्तकला सामग्रीको प्रचारप्रसारका लागि किर्डाक नेपालको सहयोगमा ईन्द्रेणी संवाद क्लवको आयोजनामा दशैतिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरी यस कार्यक्रमबाट विभिन्न निकायका कर्मचारी,व्यपारी,हरुले आ–आफ्नो ठाउँबाट हस्तकलाको व्यवस्थापन गर्ने तथा संचालन हुने महोत्सवमा हस्तकलाको स्टललाई निशुल्क रुपमा राख्न दिने प्रतिवद्धता गरे । त्यसैगरी किर्डाक नेपालको सहयोग समन्वयमा फ्रान्सबाट आएका फोटो ग्राफर ले हस्तकलाको अवस्थालाई राम्रो मानेर यसको व्यवस्थापनका लागि ६१०००। सहयोग गरियो ।
त्यसपछि यस बरकुलपुर गाउँमा केही जनाले मात्र यस व्यवसायलाई अगाडि बढाउनु भन्दा पनि यसको बजारको अवस्थालाई मध्ये नजर गर्दै यस बरकुलर गाउँलाई एक घर एक हस्तकला निर्माण अभियान र्ईन्द्रेणी किशोरी संवाद क्लव,किर्डाक नेपालको अगुवाईमा थालनी गरियो र वन कार्यालय संग रु ५०,०००। सहयोग मागेर अन्य तालिम नलिएका लाई ५ दिनको आफ्नै समुहबाट तालिम संचालन गरियो तालिम संचालन पश्चात यस गाउँमा एक घर एक व्यवसाय संचालनमा आयो जसको कारणले अहिले यो बरकुलपुर गाउँमा अहिले प्रत्येक घरले स्थानिय हस्तकला सामाग्री निर्माणमा लागेका छन् र सवैले बनाएका सामग्रीहरु ऐउटै ठाउँमा जम्मा गरी विक्री गर्नका लागी संकलन केन्द्र बनाएर समहुको नाममा खाता खोलेका छन् ।

ब्यपारीलाई सामाग्री अबश्यक परेमा समुहको खातामा पैसा जम्मा गरि दिए पछी गाउँ बाट सामग्रीहरु पठाउने गरेका छन् । करीब ८० जनाले संचालन प्रत्येक सदस्यले १०००० दश हजार देखी ३५००० पैतिस हजार सम्म कमाउन थालेका छन् । त्यसपछि प्रत्येक घरले प्रत्येक सदस्यले बनाएका स्थानिय सामग्रीहरु विक्री गर्न गाह्रो भएको हुनाले फेसबुक बाट प्रचार प्रसार गरी किर्डाक सस्थाले काठमाण्डौको ब्यपारी संग समुहलाई समन्वय गराई दिए पछी ब्यापारी घरैमा आएर सामाग्रीहरु लिन थाले र समुह लाई झन थप सहज र हौसला बड्न थाल्यो । हस्तकला निमार्ण समुहका सदस्यहरु अन्य नगरपालिका , बस्तीहरुमा प्रशिक्षक बनेर सिकाउन जाने गरेका छन् । प्रतिदिन प्रशिक्षिक भत्ता रु २००० कमाउने गरेका छन् ।
गठन गर्दा २५ रुपैया विस्तारै ५० बचत गर्दै २५ जनाको बनेका हरियाली हस्तकला समुहले हाल मासिक रुपमा १०० रुपैया बराबरको मासिक बचग गर्ने गरेका छन् । मासिक रुपमा बचत गरेको पैसाले अहिले घुम्तीकोषको रुपमा संचालन गरेका छन् । त्यो संगै उनीहरुले हस्तकलाको प्रवद्धन,संरक्षण बजारीकरणका काम गर्न थालेका छन् ।

(लेखक अमर बि क किर्डाक नेपाल कपिलबस्तुमा कार्यरत कर्मचारी हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close