मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन शक्तिको लडाइँ

कैलालीको मोहन्याल गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाएको बताइएको छ । कार्यपालिकको कार्यालय रहेको वडा नं. ४ खिमडीमा हाजिर हुनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र संख्या ७७/७८ र चलानी नं १२० र २०७७/३/२७ को निर्णय अनुसार मोहन्याल गाउँपालिकाका छैठौं तहका कम्प्युटर अधिकृत भीम बिष्टलाई मोहन्याल गाउँपालिकामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि सम्पादन गर्नुपर्ने कामकाज गर्न आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७/४/२७ गतेको निर्णयमा उल्लेख गरिएको छ ।
निर्णयमा उल्लेख गरेअनुसार निमित्त प्रशासकीय अधिकृत भीम बिष्ट करिब ३ दिनको बाटो हिडेर भाद्र १ गते कार्यालय समयमा हाजिर हुन पुग्दाँ गाउँपालिकाकी उप प्रमुख पुजा बुढामगरले बिष्टलाई हाजिर हुन नदिएको जानकारी प्राप्त भएको छ ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाको सरुवा भएपछि स्वास्थ्य चौकी सुगरखाल मोहन्याल ६ सोल्टाका जनस्वास्थ्य निरीक्षक अथवा कार्यालय प्रमुख जयनन्द जैसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको २०७६ मंसिर महिनाबाट निमित्त जिम्मेवारी दिइएको थियो । जैसीले उक्त जिम्मेवारी नलिने र जिम्मेवारीबाट हटाई पाउँ भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेपछि हटाएर उक्त पदम बिष्टलाई जिम्मेवारी दिएर पठाएको थियो ।
तर मोहन्याल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र बुढाले निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनका लागि आफू पनि छैठौं तहको सिनियर भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको पद आफुले पाउनुपर्ने भन्दै पालिकाकी उपाध्यक्षलाई निवेदन दिएको र उक्त निवेदन अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिसकेको भएपनि पत्रको जवाफ नआएकोले जवाफ नआउन्जेलसम्म हाजिर लगाउन रोकेको बताउनु भएको छ ।