समाचारसमाज

पश्चिम सुर्खेतमा माेटरसाईकल चलाउनै गाह्राे

[mashshare]

बीरेन्द्रनगर,३ घरभएका मिनबहादुर भण्डारी पेशाले निजामती कर्मचारी हुन । सुर्खेत काे पश्चिम मा रहेकाे तत्कालीन घाटगाउ गाबिसकाे बि.सं.२०७१ सालदेखि सचिब भएर काम गर्दै अाएका छन । २०७१ सालमा गएकाे बाढिले कार्यक्षेत्रमा पुग्न पीडा खेप्दै अाएका भण्डारीका पीडा अहिले सम्म त्यस्तै रहेका छन । कार्यक्षेत्रमा पुग्न बाबियाचाैरबाट हिडेर पुग्नुपरेकाे र कति दिन खाेलाकाे उर्लदाे भेल ले बिच बाटाेमै बस्नुपरेको तिताे सत्य उनमा ताजा नै छ । बाढि गएपछि बनेको पञ्चपुरी ५ र १० जाेड्ने पक्की पुल र पञ्चपुरी ११ र चाैकुने ९ जाेड्ने झाेलुङ्गे पुलले यात्रामा केही सहज भएपनि तिखाकुना खाेला काे त्रास अझै मनबाट जान सकेकाे छैन । भदौ ४ गते कार्यक्षेत्र चाैकुने १० घाटगाउ काे वडा कार्यालय बाट चाैकुने गाउपालिका कार्यालय जान हिडेका भण्डारीलाई धेरै समय तिखाकुना खाेला ले जान दिएन र धेरै बेर कुर्नुपर्याे ।

खाेलामा पानीकाे बहाव धेरै भएको हुदा अाफु संग भएको माेटरसाईकल खाेला तार्न गाह्राे भयाे र स्थानीयले सहयाेग गरे । एउटा खाेला तरेर पीडा बिर्सेर बाबियाचाैर पुगेका उनलाई गाउपालिका गुटु पुग्न फेरि बिद्यापुर खाेला ले राेक्ने डरले वडा का कागजात बाेकेर बाटाेमा दुख पीडा सहदै बीरेन्द्रनगर पुगे । ठुला गाडि सजिलोसँग जान्छन् तर सानाे गाडिहरुलाइ साह्रै सास्ती हुने गरेको उनी बताउँछन् ।

घाटगाउका रङ्ग ढुङ्गाना बिरामि बाेकेर वीरेन्द्रनगर पुग्दा बिउरेनी खाेला तर्न अप्ठ्यारो भएको र बाटाे हिलाम्मे भएको कारण धेरै ठाउमा माेटरसाईकल पल्टिएको बताउछन । स्वास्थ्यचाैकि का लागि अाैषधी लिन जादा धेरैपटक फर्किनुपरेकाे उनकाे भनाई छ । पश्चिम काे चाैकुने देखि सदरमुकाम जाने अाउनेका लागि पनि बाटाे र खाेलाले निकै समस्या पार्ने गरेकाे छ । बर्षातकाे समयमा अावत जावत गर्ने धेरै नागरिकलाई बिउरेनि खाेला, चतुरेखाेला, तिखाकुना खाेला, बिद्यापुर खाेला, गुटु खाेलामा समस्या हुने गरेकाे छ ।

तिखाकुना खाेला भएर पञ्चपुरी काे १०, ११ चाैकुने ९ र १० का नागरिक हरु अावजावत गर्छन । बाबियाचाैर भएर कैलाली जाने याे बाटा छाेटाे र सजिलाे हुने गर्दछ । याे समयमा बाबियाचाैरकाे चतुरे खाेला भत्किदा पलैटेका नागरिक हरुलाई पञ्चपुरी नगरपालिका अाउन र बाबियचाैरका नागरिक पलैटे प्रथामिक स्वास्थ्य केन्द्र जान शिवधाम हुदै खम्बगाडे भएर लामाे यात्रा गर्नुपर्ने बाध्यता छ । बिद्यापुर खाेला मा पनि पानिकाे बहाव बढि हुदा पुरानाे र जाेखिमपुर्ण काठकाे पुलबाट अाेहाेरदाेहाेर गर्ने गरेका छन ।

स्थानीय निकाय वडा कार्यालयले र जनप्रतिनिधि काे अाखा अगाडि नै समस्या देखिए पनि त्यसकाे समाधानका लागि कसैले चासाे नदिएकाे स्थानीय काे गुनासाे छ । यता पञ्चपुरी १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले तिखाकुना खाेलामा सर्भे भएको पुल काे काम छिटो अगाडि बढाउन अनुराेध गरेकाे र यस बिषयमा केन्द्र सरकारले कुनै सुनुवाइ नगरेको बताए ।

त्यसगरी वडा नं ९ बिद्यापुर खाेलामा जिर्ण काठकाे पुल निर्माणका लागि यस बर्ष पनि बजेट बिनियाेजन गरिएको छैन । मुख्य सडकहरुमा नै यस्तो समस्या देखिएकाे छ भने धेरै जसाे ग्रामीण भेकका सडक मा झनै समस्या देखिएकाे छ । जनप्रतिनिधि हरु सरकारी कार्यालय,बिद्यालय, धारा, सिचाइ जस्ता कामलाई मात्रै बिकास देख्ने गरेकाेले सानाे तर अति अाबश्यक समस्यालाई महत्त्व नदिने गरेकाे स्थानीय काे गुनासाे रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close