समाचारसमाज

बरैचे सामुदायिक बन वाट अबैध काठ नियन्त्रण

[mashshare]

बरैचे सामुदायिक बन उपभोक्ता समिति पञ्चपुरी ४ काे समुदायिक बनमा अबैध रुपमा काटिएको काठ बिहिवार बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बाबियाचाैर र पञ्चपुरी सब डिभिजन बन कार्यालय बाबियाचाैर बाट गएकाे टाेलिले सालकाे ४४ क्विफिट काटेर लुकाईछिपाई राखेको काठ र २ अाेटा अारा नियन्त्रणमा लिएको छ ।

सामुदायिक बनकाे भित्री भागमा काठ रहेकाे हुदा सामुदायिक बन समितिकाे जिम्मा दिईएकाे र केही दिनमा पञ्चपुरी सब डिभिजन वनकाे कार्यालय बाबियाचाैर ल्याउने पञ्चपुरी सब डिभिजन बाबियाचाैरका वन रक्षक टेकबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

यता सामुदायिक बन समिति का अध्यक्ष रणबहादुर भण्डारीले काठ समितिले नियन्त्रणमा लिएको र सामुदायिक बन समिति समस्या मिलाउन खाेजेकाे र कुरा नमिल्दा बाहिर अाएकाे बताउनुभयाे । बन हेरालु काे निगरानि पनि कम हुने ठाउँ भएको, सामुदायिक बनबाट काठ काठ काट्न पुर्जि पनि नदिएकाे र काठ कसकाे र कसले काटेकाे भन्ने बारेमा समितिलाई जानकारी नभएको समेत उहाले बताउनुभयो ।

पञ्चपुरी सब डिभिजन का वनरक्षक श्रेष्ठले काठ स्थानीय नरेस बिसिले काटेकाे खुल्न अाएकाे र अावश्यक छानबिन गरि कार्वाही गरिने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close