राजनीति

केपि ओलिको गतिविधिका कारण पार्टी बिभाजन भयो अध्यक्ष- बडुवाल,

नेकपा एकीकृत समाजवादी पार्टी पञ्चपुरी नगर कमिटीकाे भेला आज बाबियाचाैरमा सम्पन्न भएको छ । माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी नया दल दर्ताका लागि निर्वाचन आयाेगमा निबेदन दिए संगै नगर तथा जिल्ला स्तरमा भेला सुरु भएको छ ।

नगर स्तरीय भेला तथा कार्यक्रमलाई सम्बोधन गर्दै सुर्खेत जिल्ला कमिटि अध्यक्ष मोहन सिंह बडुवालले केपि ओलिकाे कारण पार्टी बिभाजन भएको बताउनुभएको छ । जनताको अभिमतलाई कदर गर्न नसक्नु, जनताको इच्छा बिपरित काम गर्नु, जनताको जीवन स्तर उकास्न नसक्नु, नेपाली जनाताको हित बिपरित काम गर्नु, जनताको अगाडि बोलेका बाचा हरु पूरा गर्न नसक्नु अाेलीका प्रमुख कमजोरी भएको समेत बताउनुभएको छ ।

ओलीकाे व्यक्तिगत दम्भ र घमण्डका कारण नेकपा र अहिले नेकपा एमाले टुक्र्याएकाे अाराेप लगाउनुभयाे । भेलाका नेता तथा कार्यकर्ताहरुले अब जनता माझ पुगेर संगठन बलियाे बनाउने प्रतिबद्धता समेत जनाएका छन । भेला नगर कमिटी अध्यक्ष रमेश बाैडेलकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close