शिक्षासमाज

नमुना बन्दै जनकल्याण आधारभूत विद्यालय

[mashshare]

गौतमबुद्धको जन्मस्थल कपिलवस्तु जिल्लाको तिलौराकोट देखी करिब १० कि.मी. उत्तर पूर्व पश्चिम लोकमार्ग देखी १ किलोमिटर दक्षिणमा साविक बुड्ढी गाविस बाट परिणत भई हाल बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढी गाउँको उत्तर तर्फ अवस्थित श्री जनकल्याण आधारभूत विद्यालय बुद्धभूमी ४ का समाजसेवी,बुद्धिजीवी,शिक्षा प्रेमीहरुको सहयोगमा श्री पदम प्रसाद खनालको नेतृत्वमा अस्थाई रुपमा यो विद्यालय खोली बुड्ढी गाउँको उत्तर तर्फ बजारवा बगियामा एउटा छाप्रे बनाई सुश्री सरस्वति खनाल र प्रजेश थारुबाट निशूल्क कक्षा संचालन गर्न लगाए पछि २०४६ सालमा जि.शि.का. कपिलवस्तुबाट स्थायी शिक्षक नियूक्ति गरी श्री कृष्ण सुबेदीलाई यस विद्यालयमा प्र.अ.को जिम्मा विद्यालयको प्रशासन तथा कामकाज र पठनपाठन सुरु भयो ।
टिनले छाएको कक्षाकोठा वर्षाकोमा चुहिने चिसोमा एकदमै चिसो,गर्मीमा एकदम गर्मी सताउने कोठाहरु भएको जनकल्याण आधारभूत विद्यालयको अवस्थामा पठनपाठन क्रियाकलाप अगाडी बढिरहेको थियो । त्यसैगरी वाल नभएका कारण कक्षाकोठाका बिद्युत मिटरहरु चोरीहुने फुटाउने समस्या र कक्षाकोठामा पन्खा नभएका कारण विद्यार्थि कक्षाकोठामा बस्न सक्दैनथे । बाउन्डी नभएका कारण विद्यालयमा भएको चौरमा बनाएको फुलवारीको पनि बाहिरका वालवालिका आएर नास गर्ने गर्थे ।
यस विद्यालयको कम्पाउन्डको पछाडीको वाल भत्कीएको हुनाले त्यस ठाउँबाट विद्यालयको पढाई हुने अघि र पछिको समयमा वा साझ बिहानमा समुदायका केही बालवालिकाहरुले विद्यालयको कक्षाकोठामा पसेर दिसा,पिसाब,गर्ने,कक्षाकोठाका तालाहरु फोड््ने,झ्यालढोकाहरु फुटाउने,डेक्सबेन्चहरु भाच्ने,पानीको धाराको टुटी भाच्ने लगाएतका अनैतिक क्रियाकलापहरुले विद्यालयको दैनिक पठनपाठन क्रियाकलापमा अप्ठ्योरो पारीरहेको थियो । त्यतिमात्र नभएर विद्यालयको पठनपाठन भैरहेको बेलामा पनि विद्यार्थिहरु कक्षा छोडेर विचैमा भाग्ने,हापटाईममा भाग्ने समस्याहरु झेलीरहेको अवस्था थियो ।


भनिन्छ ८० प्रतिशत रोगहरु पानीको कारणले लाग्दछ । हाम्रो यस विद्यालयमा पानीको नल्का भएको तर त्यसठाउँमा बिग्रेको मोटर जडान गरिएको अनि पानीको धाराको व्यवस्थापन पनि थिएन् । पानी व्यवस्थापनका लागि पानी ट्यांकी पनि थिएन् । जसको कारणले गर्दा विद्यार्थिहरु स्कुलमा प्रयाप्तरुपमा पिउने पानी पिउन पाउथेनन् । त्यसकारणले विद्यार्थिहरु विद्यालयमा अनियमितता हुन्थे । शौचालयमा पानी नभएर शौचालय पनि फोहोर हुन्थ्यो ।
कक्षा १ देखी ३ सम्मका कक्षाकोठाहरु एकदम फोहार,कक्षामा कार्पेटिङ भएको तर एकदम फोहोर र च्यातिएको अवस्थामा थिए । जसको कारणले बालवालिकाका् विद्यालयमा नियमितता पनि कम भएको थियो भने घरबाट ल्याएका सफा कपडा पनि मैला हुन्थ्यो । कक्षाकोठाहरु रंगरोगन भएका थिएनन् उनीहरुलाई सिक्नका लागि वातावरण नै थिएन ।
विद्यालयको अफिसमा छरपस्ट अवस्थामा रहेका सामग्रीहरु अव्यवस्थित रुपमा टाँसिएका विभिन्न पोष्टरहरु कार्पेट विनाको अफिस रहेकोले अफिस व्यवस्थापनको अवस्था पनि एकदम कमजोर अवस्थामा थियो जसको कारण विद्यालयको प्रशासनिक काम देखी विद्यालयको अभिलेखीकरणमा विभिन्न समस्या अवरोध हरु थिए । अफिसमा शिक्षकहरु लाई आफ्नो पाठको तयारी गर्नका लागि उचित गाउँ व्यवस्थापन नभएकाले शिक्षकहरुको पाठ तयारीको अवस्था र शिक्षकहरुको उपस्थितिमा पनि कमी थियो ।

विद्यालयको पठनपाठनका लागि प्रयाप्त रुपमा शैक्षिक सामग्रीहरुको नभएको र भएका सामग्रीहरुको पनि उचित नभएको यस विद्यालयमा बालवालिकाहरुलाई उनीहरुले सिक्न पर्ने कुराहरुलाई बालमैत्री तरिकाले शिक्षण गर्न तथा उनीहरुले सिक्ने वातावरण थिएन् ।
सन् २०१९ मा स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग किर्डाक नेपालको सहजीकरणमा सिड्स कार्यक्रम संचालन भयो सिड्स कार्यक्रम अन्तरगत नमूना किशोरी संवाद केन्द्र यही जनकल्याण आधारभूत विद्यालयको एउटा भवनमा नै संवाद केन्द्र संचालन भयो । संवाद केन्द्रमा विभिन्न विषयमा छलफल भए जस्तै नजिकै रहेको विद्यालयका वारेमा संवाद केन्द्रमा छलफल भयो विद्यालयमा भएका समस्याहरुका विषयमा छलफल गरे । विद्यालय संग समन्वय गरेर त्यँहा का किशोरीहरुले विद्यालयमा त्यसपछि तालिमका वारेमा योजना निर्माण गरे र विद्यालयले पनि संवाद केन्द्र मा यस विद्यालयमा भएका विभिन्न समस्याहरु समाधानका लागि विद्यालयको सुशासन,स्वमूल्याकंन र विद्यालय सुधार योजना सम्बन्धि अभिमूखिकरण कार्यक्रम चल्यो । जुन तालिममा विद्यालयमा सुशासन कायम कसरी गर्ने,विद्यालयको अवस्था कस्तो छ र विद्यालयको अवस्थाका वारेमा त्यहाँका वि.व्य.स. शिक्षक अभिभावक संघ शिक्षक विद्यार्थि अभिभावकहरुको वृहत छलफलमा विद्यालयका वास्तविक समस्याहरुकोे पहिचान गरी विद्यालयका राम्रा पक्षहरु के के छन् र तत्काल सुधार विषय वस्तु लाई पहिचान गरियो ।
विद्यालयको प्रशासन समाल्नु भएको यस विद्यालयकी प्रअ तथा कक्षा ४ की कक्षा शिक्षक शोभा अर्याल को भनाई अनुसार जब विद्यालयको सुशासन,स्वमूल्याकंन र विद्यालय सुधार योजना सम्बन्धि अभिमूखिकरण कार्यक्रम चल्यो त्यस पछि बुद्धभूमी नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालयका विभिन्न समस्याहरु समाधान गर्नका लागि आवश्यक प्रक्रियाहरु बढाई आवश्यक समस्या समाधान गर्नका लागि किर्डाक नेपाल संग माग गरे । त्यसपछि किर्डाक नेपालले उक्त विद्यालयको आवश्यकताको आधारमा केही भौतिक सुधारका लागि किर्डाक नेपालबाट सहयोग भयो ।
विद्यालयको अफिस र कक्षा १ देखी घ सम्मका कक्षाकोठाहरुमा कार्पेटिङ्ग,छापामय र टेबुल व्यवस्थापन ः किर्डाक नेपालको सहयोगमा भएको यो सहयोगले यस विद्यालयको अफिस व्यवस्थापनमा सहयोग भएको छ । अफिसमा कम्प्यूटर,व्यवस्थापन,भित्ता व्यवस्थापन अफिसमा सरसफाईको अवस्थामा सुधार भएको छ । अन्य शिक्षकहरु लाई आफ्नो शिक्षण क्रियाकलापको तयारी गर्नका लागि सजिलो भएको छ
त्यसपछि कक्षा १ देखी ३ कक्षामा कक्षाकोठा व्यवस्थित गर्नका लागि कक्षाकोठामा कार्पेटिङ्ग छापामय राउण्डटेवल व्यवस्थापनमा सहयोग भयो । यो विषयमा जनकल्याण आधारभूत विद्यालयकी कक्षा ३ की कक्षा शिक्षक लक्ष्मी पोख्रेल भन्नु हुन्छ किर्डाक नेपालको सहयोग भए पछि जसले गर्दा विद्यार्थिहरु कक्षाकोठामा नियमित रुपमा आउन थालेका छन् । विद्यार्थिहरु लाई आवश्यक पर्ने सिकाईका विषयवस्तुहरु भित्तामा भएका कारण उनीहरुले भित्तामा छापामय भएका कुराहरु सजिलै सिक्न सक्छन् । उनीहरुलाई टेबुलमाथि किताब राखेर आफ्ना कक्षाकार्य गर्नका लागि पनि सजिलो भएको छ । छापामय,कार्पेटिङ्गका कारण विद्यालयमा नियमित रुपमा उपस्थित भएका छन् र शिक्षकलाई पनि शिक्षण गर्नका लागि सजिलो भएको छ ।

कक्षा ५ की कक्षा शिक्षक तारा ढकाल संग गरिएको कुराकानी अनुसार विद्यालयको आधा बनाएको वाललाई किर्डाक नेपालको सहयोगमा निर्माण पश्चात विद्यालयका झ्यालढोका,डेक्सबेन्च,भाच्ने,कक्षा कोठामा विद्यालय संचालन समय अगाडी पछाडीको समयमा विद्यालयको कक्षाकोठामा दिशा पिसाब गर्ने समस्याको समाधान भएको छ जसको कारणले विद्यार्थिको नियमितरुपमा पठन पाठन भएको छ भने विद्यालयको सरसफाईमा पनि वृद्धि भएको छ ।
विद्यालयमा खानेपानीका लागि मोटर तथा धारा जडानः त्यसै गरी कक्षा २ की कक्षा शिक्षक बिमला खनाल बिग्रेको पानीको नल्का त्यसैमाथि बिग्रेका मोटर बिग्रेका पानी खाने धाराहरु फोहोर पानीट्याङ्की भएको कारणले विद्यार्थिहरु दुषित पानी खाने, चर्पीहरु एकदम फोहोर पानी नभएका कारण शौचालयमा दिशा र पिसाबको दुर्गन्धले विद्यार्थिहरु विद्यालयमा बसी नसक्ने वातावरण थियो किर्डाक नेपालको सहयोगमा नल्कामा मोटर जडान,ट्याङ्की सरसफाई तथा धारा मर्मत भैसके पछि बालवालिकाले नियमित रुपमा पानी पिउँन थालेका छन् । शौचालय पानीको प्रयाप्तताको कारणले शौचालय पनि सरसफाई भएको र बालवालिकाहरु शौचालयमा आनन्द तरिकाले दिशा पिसाब गर्न थालेका छन् र बालवालिकाहरुको नियमित रुपमा विद्यालयमा उपस्थिति हुन थालेका छन् । अहिले बालवालिकाहरु चर्पी प्रयोग गरीसकेपछि शौचालयमा पानी हाल्ने तथा साबुन पानीले नियमित रुपमा हात धुन थालेका छन् । त्यो संगसंगै वाल नभएका कारणले कक्षाकोठाका ढोका तथा झ्यालहरु भाचिएको विद्युतका मोटरहरु बिर्गेको अवस्था थियो किर्डाक नेपालको सहयोगमा यो सबै मर्मत भयो जसले गर्दा बिद्यालयको भौतिक संरचना संगसंगै विद्यालयकोे नियमित पठनपाठनमा पनि वृद्धि भएको पाईन्छ ।

९५ प्रतिशत थारुहरुका बालवालिकाहरु अध्ययन गर्ने यो विद्यालय बुद्धभूमी नगरपालिकाको ४ नम्बर वडामा अवस्थित भैरहदा किर्डाक नेपालको सहजीकरणमा यस बुड्ढी गाउँलाई नमूना बनाउनका लागि यस विद्यालयलाई पनि नमुना बनाउन जरुरी छ त्यसकारण विद्यालयलाई नमुना बनाउनका लागि किर्डाक नेपालको सहयोगमा भएको सहयोगमा यस विद्यालयको वाल लाई बनाउने,कक्षाकोठामा कार्पेटिङ्ग,छापामय लगाएक विभिन्न भौतिक सुधारका लागि सहयोग भयो जसको कारणले विद्यालयमा अहिले नियमित रुपमा पठनपाठन भएको छ । आज कक्षाकोठामा शिक्षकहरुको नियमित रुपमा उपस्थिति र विद्यार्थिको पनि नियमित रुपमा उपस्थिति दरमा वृद्धि भएको छ । कक्षाकोठामा नियमित सरसफाई,कक्षाकोठाको व्यवस्थापन,तथा कक्षा कोठाको विद्युतमा र झ्यालढोका,डेक्सबेन्च पनि सुरक्षित भएका छन् । शिक्षकहरुले आफ्नो पाठ तयारीको अवस्था,अनि छापामयको कारणले बालवालिकाको सिकाईमा सहजता भएको छ ।

बालवालिकाको पढाईमा उनीहरुका अभिभावकको चाह बढेको छ अहिले अभिभावकहरु नियमित रुपमा गृहकार्य चेक गर्ने,विद्यालयमा नियमित अनुगमन गर्ने र विद्यालयका चासोका विषयमा ध्यान जान थालेको छ । कयौ पटक कुरुम नपुगेर विद्यालय व्यवस्थापन समितिको बैठक नबसेको हिजो आज नियमित बैठक बस्ने योजना बनाउने तथा नियमित अनुगमन गर्ने तथा विद्यालयको विकास तथा परिवर्तनका लागि समन्वय सहकार्यमा वृद्धि भएको छ । यस विद्यालयलाई नमूना बनाउनका लागि किर्डाक नेपाल संगै बुद्धभूमी नगरपालिका वडा नं ४ को पनि ध्यान पनि गएको छ ।
(लेखक अमर बिक हाल किर्डाक नेपाल कपिलबस्तुमा कार्यरत कर्मचारी हुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close