प्रदेशसमाचार

कामै नगरि उपभोक्ता समितिका ३ जनाले बाँडे ९२/९२ हजार रुपैयाँ

[mashshare]

दैलेख को गुराँस गाउँपालिका वडा नम्बर ६ मा एक सडक निर्माण योजनाको रकम उपभोक्ता समितिका अध्यक्ष सहित ३ जनाले कुनै काम नगरि २ लाख ७६ हजार रुपैयाँ ९२/९२ हजारका दरले बाँडेका छन।

रकम बाड्नेमा उपभोक्ता समितिका अध्यक्ष गगन सिं खत्री,सचिब गोबिन्द बहादुर ओलि र कोसादक्ष नन्दा राना का श्रीमान भक्त बहादुर राना रहेका वडा नम्बर ६ का वडा अध्यक्ष हिम बहादुर ओलि ले बताउनु भयो।
बाहिरिएको अडियोमा बाटोमा काम गर्ने सडकका ठेकेदार सरोज ओलि र उपभोक्ता समितिका अध्यक्ष बिच पैसाको कुरा भैरहेको छ।
प्रदेशको ५० लाखको गाउँपालिकाले कार्यान्वयन गर्ने बजेट हिउचुला देखि पुलिया भन्ने ठाउँ सम्म ३६ हजार ६ सय ६६ घन मिटर बाटो खन्नमा लगाइएको थियो।
कर्णाली प्रदेश सांसद विकास काेषकाे रकमबाट उक्त उपभाेक्ता समितिले सडक निर्माण श्रमिक लगाएर गर्नुपर्ने थियाे तर डोजर लगाएर काम गरेपछि २ लाख ७६ हजार रकम बचेकाे थियो।makalupost

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close