
कृष्णप्रसाद अधिकारी
दैलेख,
जिल्लाको भगवतीमाई गाउँपालिकाले कृषि क्षेत्रका समस्या सामाधान गर्नेको लागि किसान कल सेन्टर स्थापना संगै संचालनमा ल्याएको छ । भगवतीमाई गाउँपालिका भित्रका किसानहरुमा आउँने समस्यालाई हदैसम्म सामाधान गर्ने उद्देश्यले दैलेख जिल्लामै पहिलो पटक किसान कल सेन्टर स्थापना गरिएको भगवतीमाई कृषि शाखाले जानकारी दिएको छ ।
कृषि उपजहरुको ढुवानी, बिक्री, वितरण, मल तथा बीउ बिजनको आपूर्ति लगायत काममा समस्या, किसानका हरेक गुनासासंगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाषक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना लगाउत समस्या सामाधन गर्नको लागि गाउँपालिकाका स्थापना गरिएको किसान कल सेन्टरमा निशुल्क फोन गर्न सकिनेछ ।
गाउँपालिका क्षेत्र भित्रका कृषकहरुको लागि स्थापना गरिएको किसान कल सेन्टर आइतबार मात्र स्थापना गरिएको र प्रत्येक वडाहरुमा किसानहरुको लागि निःशुल्क कल सेन्टर स्थापना भएको बारेमा प्रत्येक वडाका किसानहरुलाई जानकारी गराउँनको लागि सुचना वडाहरुमा पठाई सकिएको भगवतीमाई गाउँपालिका कृषि शाखा प्रमुख सुजाता खड्काले जानकारी दिइन् ।
भगवतीमाई गाउँपालिकाको आ.व २०७७/०७८ को कार्यक्रम अनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर स्थापना गरिएको हो ।