प्रदेशशिक्षासमाज

संस्कृत भाषा संरक्षण गर्दै गुरुकुल बिद्यालय

[mashshare]

सुर्खेत काे पश्चिम पञ्चपुरी नगरपालिका काे एक बिद्यालय ले संस्कृत भाषाकाे संरक्षण गर्न थालेकाे छ । शिबधाम धार्मिक संस्था बाबियाचाैरमा शिवधाम गुरुकुल बिद्यालय संचालनमा रहेकाे छ । नगरपालिका भित्र रहेका ५३ अाेटा सामुदायिक बिद्यालय मध्ये पञ्चपुरी ५ मा रहेको गुरुकुल बिद्यालय मा अहिले १९ जना बालबालिका हरु बिद्याश्रम मा बसेर अध्ययन गरिरहेका छन । संस्कृत भाषा संरक्षण र अाध्यात्म बिकास का लागि बिद्यालय संचालन गरिएको छ । पञ्चपुरी नगरपालिका काे शिवधाम धार्मिक संस्थाले बि सं २०७२ साल देखि गुरुकुल शिक्षा संचालन गर्दै अाएकाे छ ।

बिद्यालय तत्कालीन जिल्ला शिक्षा कार्यालय सुर्खेतबाट अनुमति प्राप्त गरेर संचालनमा ल्याईएकाे हाे । बिद्यालयमा अध्ययन हुने पाठ्यक्रम संगै संस्कृत बिषयमा पनि ज्ञान दिने गरेको बिद्यालय का गुरु बासुदेब शर्मा ले जानकारी दिनुभएकाे छ । साथै बिहान र साझकाे समयमा नैतिक ज्ञान समेत दिने गरेकाे उहाले बताउनुभयो । ३ जना शिक्षक बाट अध्ययन हुदै अाएकाे शिबधाममा छात्रहरुकाे लागि बस्ने ब्यवस्थापन पनि गरिएको छ ।

पछिल्लो समयमा गुरुकुल बिद्यालय र शिबधामलाई धार्मिक पर्यटनको बिकासका लागि समेत सबैले चासाे दिएका छन । पञ्चपुरी नगरपालिका ले बिद्यालय संचालनका लागि भवन निर्माण समेत गरेकाे छ । बिद्यालय मा सुर्खेत, दैलेख लगाएत छिमेकी पालिका का वालबालिकाहरु अध्ययन गरिरहेका छन । सुर्खेत मै भाषा संरक्षणमा बिद्यालय अग्रसर रहेकाे हुदा यसम सबैकाे सहयोग काे बिद्यालय ले अपेक्षा समेत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close