समाचार

कर्णाली प्रदेश अस्पतालका ६ डाक्टरमा कोरोना

[mashshare]

कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरलाई कोरोना देखिएको छ । बुधबार ५ जना र मंगलबार एकजनामा कोरोना देखिएको हो । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना संक्रमण देखिएकामा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृत छन् । थप एकजना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको उनको भनाइ छ ।

चिकित्सकमा कोरोना देखिएपछि बिहीबारदेखि १ हप्ताको लागि ओपिडी सेवा बन्द गरिएको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने डा. खड्काले बताए । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको अस्पताल निर्देशक डा. खड्काले बताए ।

प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिहरूको कारण जोखिम बढेको अस्पतालको भनाइ छ । कोरोना विशेष अस्पतालमा अहिले २३ जना संक्रमितको उपचार भइरहेको छ ।kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close