समाचार

कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल

[mashshare]

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका-४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । 

भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो ।

भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ । 

दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close