प्रदेशसमाचारसमाज

वडा कार्यालयमै छाउपडि प्रथा, कर्मचारी छाउ बार्न वीरेन्द्रनगर

[mashshare]

विरेन्द्रनगर कि गंगा राेकाय पेशा ले निजामती कर्मचारी हुन । २०७२ सालबाट निजामती सेवामा प्रबेश गरेकी राेकाय अहिले पञ्चपुरी नगरपालिका वडा नं १ काे वडा सचिबकाे रुपमा कार्यरत छन । २०७६ सालमा वडा नं १ काे सचिवकाे जिम्मेवारी सम्हालेकी गंगालाई वडाकाे काम भन्दा पनि सामाजिक कुरीति संग लड्न धेरै चुनाैती छ । सुर्खेत काे पश्चिम त्यसमा पनि बिकट वडा नं १ मा करिव ४ सय ५५ भन्दा बढि घरधुरी रहेका छन । दैलेख, कालिकोट, जुम्ला, अछाम लगाएतका ठाउबाट बस्ति सरेर अाएका समुदायको यस क्षेत्रमा बसाेबास रहेको छ । यहि क्षेत्रमा अहिले छाउपडि प्रथा व्यापक रहेको छ ।

गंगालाई अहिले समुदायमा छाउप्रथाकाे बारेमा बाेल्न भन्दा अाफुलाई ब्यबस्थापन गर्न गाह्राे भएको बताउछिन् । “छाउ (महिनावारी) हुदा ७ दिन बाहिर बस्ने चलन रहेछ सुरुमा अाफुलाई बाहिर बस्न भने, अहिले महिनामा ७ दिन वीरेन्द्रनगर जान्छु, वडाले पनि बिदा दिने गरेकाे छ वडा सचिब राेकायले बताईन ।” पञ्चपुरीकाे १ मा अहिले छाउपडि गाेठ भत्किएको भए पनि महिनावारी हुदा महिलाहरु बाख्रा काे खाेर, गाेठमा समेत बस्ने गरेका छन ।

पञ्चपुरी नगरपालिका मा गत बर्ष माघ महिनामा पुन: छाउपडि गाेठ भत्काउने अभियान संचालन गरेर करिव ४०० भन्दा बढि छाउगाेठ भत्काईएकाे हाे । नगरपालिकाकाे वडाका कर्मचारी नै छाउपडि प्रथाबाट प्रभावित हुदा वडा कार्यालयले यस बिषयमा कुनै पहल समेत गरेकाे छैन । राेकाय अहिले पनि महिनावारी भएको समयमा वडाकाे कार्यालय कक्षमा नै सुत्ने र खाना पनि घरकाे मान्छेले अलग्गै दिएर खाने गरेकाे बताउछिन् ।

कार्यालयमै सुत्ने गरेकाे हुदा सेवाग्राहि पनि कार्यकक्षमा प्रबेश गर्न नमान्ने र वडाका कर्मचारी पनि हिचकिचाउने गरेकाे उनकाे भनाइ छ । सधैं घरमा जान्थे यसपटक निशेधअाज्ञा कारण घर जान पाएन घरकाे अागन नजिक पनि जान पाईदैन शाैचालय पनि प्रयाेग गर्न नमिल्ने र खुला ठाउँमा जानुपर्ने बाध्यता छ उनले भनिन ।” प्रत्येक महिना ७ दिन कार्यालय बाट बिदा लिएर वीरेन्द्रनगर जानुपर्दा वडाका कामहरु समेत प्रभावित हुने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close