प्रदेशसमाचार

सल्यानमा बालविवाह गराउने ५ जना पक्राउ

[mashshare]

सल्यान — बालविवाह गर्ने र गराउन खोज्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालविवाह गर्ने दुलाहा, दुलहीसहित उनीहरुका बाबुआमा र पुरोहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–१, बाँकेकी १८ वर्षीया किशोरीलाई बिहे गर्न खोज्ने बाग्चौर नगरपालिका–८, गैरागाउँका २५ वर्षीय दिपेन्द्र शर्मासहित अभिभावक र पुरोहित पक्राउ परेका हुन् ।

बालविवाह हुँदै गरेको गोप्य सूचनाको आधारमा दुलाहाको घरमै पुगेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनीहरुविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close