प्रदेशसमाचार

बराहतालमा महिला स्वयंसेविका आकस्मिक कोष प्रभावकारी बन्दै

[mashshare]

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा महिला स्वयंसेविका आकस्मिक कोष स्थापना भएपछि यहाँका स्थानीयलाई राहात महसुस भएको छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट नागरिकलाई बन्चित हुनबाट जोगाउन महिलासँग उपाध्यक्ष विशेष कार्यक्रम अन्र्तगत स्थापना गरिएको उक्त कोष प्रभावकारी बन्दै गएको हो ।

गत मंसिर महिनाको दोस्रो साता गाउँपालिकाको वडा नम्बर ७ नयाँ गाउँकी एक महिला सुत्केरी भईन् । उनी गाउँमै सुत्केरी भएपनि असहज परिस्थिति बनेपछि थप उपचारको लागि पोखरीकाँडा स्वास्थ्यचौकी पु¥याउनुपर्ने बाध्यता भयो ।

‘स्वास्थ्यचौकी टाढा भएपछि आर्थिक अभावकै कारण उनी समयमा स्वास्थ्य चौकी पुग्न सकिनन्’ एक स्थानीयले भने, ‘उनलाई स्वास्थ्य चौकी पु¥याउन चाहिने रकम गाउँपालिकाको महिला स्वयंसेविका आकस्मिक कोषबाट २ हजार रुपैयाँ पाइयो । त्यही पैशाबाट हामीले स्वास्थ्यचौकी पु¥यायौं ।’

तर उनले जन्माएको बच्चाको बाटोमै मृत्यु भयो । नयाँगाउँबाट स्वास्थ्यचौकी पुग्न करिव ३ घण्टाको समय लाग्दछ ।

त्यस्तै नयाँवनकै एक महिला गत फागुनमा सुत्केरी भईन् । उनको पनि स्वास्थ्य चौकी पु¥याउन आर्थिक अभाव भएपछि उक्त कोषबाटै २ हजार रुपैयाँ सहयोग गरेको महिला स्वास्थ्य स्वयंम्सेविका मनसरा घर्तीले बताईन् ।

‘गत ४ महिनाको अवधिमा १२ जना महिलाले कोषबाट रकम लिएका छन् ।’ उनले भनिन्, ‘कुनैपनि आकस्मिक दुर्घटनाको उपचारका लागि कोष स्थापना गरिएको हो । तर विशेष गरी सुत्केरी महिलाहरु कोषबाट लाभान्वित भएका छन् ।’

दुर्घटनाको परिस्थिति अनुसार आवश्यक रकम दिने गरिएको स्वास्थ्य स्वयंसेविकाको भनाई छ ।

यसैगरी गाउँपालिकाका प्रत्येक वडामा ६० हजार रकमको कोष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले बताईन् । ‘गत आर्थिक वर्षमा ५ वडामा ५०/५० हजारको कोष स्थापना गरिएको थियो । चालु आर्थिक वर्षमा ५ वडा थप गरेर १० वटै वडामा कार्यान्वयनमा ल्याईएको छ ।’ उपाध्यक्ष शर्माले ‘साथै उक्त कोषमा १० हजार थप गरी ६० हजार पु¥याईएको छ ।
उक्त स्वंयमसेविका आकस्मिक कोषबाट गाउँपालिकाका गर्भवती तथा सुत्केरी महिलाहरु लाभान्वित हुने गरेको उपाध्यक्ष शर्माले जानकारी दिईन् ।

‘यो कोषको रकम सम्बन्धित वडाका महिला स्वंयम्सेविकाहरुको जिम्मेवारीमा रहन्छ । उनिहरुले नै व्याज अनुदानमा ऋण उपलब्ध गराउछन्’ उपाध्यक्ष शर्माले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका महिलाले स्वास्थ्य उपचारको लागि आवश्यक रकम पाउछन् ।’
कोषबाट लिइएको रकम करिब २÷३ महिना पछि फिर्ता गर्नुपर्ने उपाध्यक्ष शर्माको भनाई छ ।

उपाध्यक्षका महिला लक्षित कार्यक्रम

बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले महिला लक्षित कार्यक्रमहरु संचालनमा ल्याएकी छन् । उक्त कार्यक्रम अन्र्तगत स्वंयम्सेविका आकस्मिक कोष, हिंसा पिडीत राहतकोष, किशोरीहरुका लागि लोकसेवा तयारी गर्न आवश्यक कोष, महिला नेतृत्व विकासका लागि उद्घोषक तालिम लगायतका कार्यक्रमहरु संचालन गरिएको उपाध्यक्ष शर्माले जानकारी दिईन् ।

शर्माका अनुसार महिला उद्यमी तयार गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै सूनौला हजार दिनका आमाहरुका लागि पोषण कार्यक्रम समेत संचालन गरिएको छ ।

कर्मचारी अभाव हुँदा न्याय सम्पादनमा समस्या

बराहताल गाउँपालिकामा कर्मचारी अभाव हुँदा न्याय सम्पादन गर्न कठिनाई भएको छ । संविधानतः तोकिएका कर्मचारीहरु गाउँपालिकामा नआउँदा न्याय सम्पादन गर्न समस्या भएको गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले जानकारी दिईन् ।

‘न्याय सम्पादन गर्न प्रशासक राम्रो चाहिन्छ’ उनले भनिन्, –‘तर कोही नहुँदा आफैले उजुरी दर्ता गरि आवश्यक कार्वाही गर्ने गरेको छु ।’
एक वडामा ३ जना गरी गाउँपालिकाका सबै वडामा ३५ जना मेलमिलापकर्तालाई तालिम दिई उनिहरुबाट न्याय सम्पादनको काम भैरहेको उपाध्यक्ष शर्माले बताईन् ।

‘मुद्दाको प्रकृति अनुसार मेलमिलापकर्ताले छलफल गराई न्याय सम्पादन गर्ने गरेका छन्’ उनले भनिन् –‘त्यस वापत मेलमिलापकर्ताले खाजा खर्च अनुसार प्रति उजुरी ५ सय गाउँपालिकाबाट भुक्तानी पाउछन् ।’

गाउँपालिकामा आएका उजुरीमध्ये अधिकांश जग्गा विवाद, पानी, कूलो, ज्याला मजदुरी, ठगी लगायतका विषयमा उजुरी आउने गरेको उपाध्यक्ष शर्माको भनाई छ । dullukhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close