प्रदेशशिक्षा

मोहन्यालको भैरवमाला राष्ट्रिय माध्यामिक विद्यालयको भवन तीन वर्ष सम्म अलपत्र

[mashshare]


कैलालीको बिकट पालिका मोहन्यालमा निर्माणाधिन एक विद्यालयको भवन अलपत्र परेको छ । पालिकाको वडा नम्बर ३ मा रहेको भैरवमाला राष्ट्रिय माध्यामिक बिद्यालयको ४ कोठे भवन निर्माण कार्य अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले उक्त भवन निर्माणकालागि ३६ लाख बजेट बिनियोजित गरेको थियोे । विद्यालयले उक्त लागतमा २०७६ को असार मसान्त सम्म भवन निर्माण सम्पन्न गर्ने सम्झौता ग¥यो तर सकेन, सम्झौता अवधिमा काम सम्पन्न नभएपछि २०७७ को असार मसान्त सम्म भवन निर्माण सम्पन्न गर्ने गरी पुनः म्याद थपियो तर विद्यालयले थपिएको म्यादमा पनि काम सम्पन्न गर्न सकेन ।

विद्यालय ब्यवस्थापन समितीको चरम लापर्वाहीका कारण समयमै भवन निर्माणको काम नसकिएको जनप्रतिनिधीहरु बताउछन । भने जनप्रतिनिधीहरुले समयमै सडक बिस्तामा चासो नदिदा काम गर्न नसकिएको विद्यालयले बताउछ । विद्यालय परिवारको बेवास्ताको कारण भवन निर्माणको काम अलपत्र परेको वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीले बताए । तर गाउँ सरकारले सडक बिस्तारमा कुनै चासो नदिदा निमार्ण समाग्री ढुवानीमा समस्या आएको र कोरोनाको कारण पनि समस्या थपिएको विद्यालयका पुर्व प्रधानाध्यापक एकेन्द्र भण्डारीको भनाई छ ।

३ वर्ष सम्म बिनियोजित बजेट मध्ये २० लाखमा पहिलो तला ढलान तथा दोश्रो तलाको वाल निर्माणको काम सम्पन्न गरेको र दोश्रो तलाको ढलान मात्रै बाकी रहेको बताईएको छ । समयमै काम नसक्दा १६ लाख रुपैया फिर्ता गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close