प्रदेशसमाज

कैलालीमा भरुवा बन्दुक सहित २ जना पक्राउ

[mashshare]

कैलालीको २ वटा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ६ को राष्ट्रिय वन र लम्किचुहा नगरपालिका वडा नम्बर ६ बागमाराको देउराली सामुदायिक वनको उत्तरी सिमाना खहरेखोला नजिक सालको गोलिया चिरान गर्ने क्रममा २ जना पक्राउ पर्नुको साथै २ थान भरुवा बन्दुक र ९ थान १४ फिटे कडि र २ वटा सालको गोलिया सव डिभिजन वन कार्यलय रामपुर बौनियाले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधार गएको सव डिभिजन वन कार्यलय रामपुर बौनियाका फलिस्टर राम बहादुर रावलको नेतृत्वको टोलिले आजक बिहान ६ बजे चिरान स्थलमै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोहन्याल ६ बादेगौजाका ४३ बर्षका नैन बहादुर सिजाली मगर र लम्किचुहा ६ बागमाराका ३६ बर्षका तुल बहादुर घर्ती मगर रहेका छ्न । त्यस्तै बागमाराका मान बहादुर घर्तिमगर, मोहन्यालका ६ का मोहन दर्लामी मगर र देउराली सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष गोबिन्द चन्द भने भाग्न सफल भएको सव डिभिजन वन कार्यलय रामपुर बौनियाले जनाकारी दिएको छ ।

बिगत १ दशक देखि आमगैरा, खालिखुटी, ठुलागडा क्षेत्रमा व्यापक काठ तस्करी हुँदै आएको छ । पक्राउ परेका २ जना सहित २ थान भरुवा बन्दुक, ९ थान १४ फिटे कडि, २ वटा सालको गोलिया, २ थान बन्चरो र ३ थान चिरान आरा सव डिभिजन वन कार्यलय रामपुर बौनियाले नियन्त्रणमा लिएको फलिस्टर राम बहादुर रावल जानकारी दिए ।

देउराली सामुदायिक वन उपभोक्ता समितिका पुर्व अध्यक्ष चन्दले ३ दिन अघि देखी ८० रुपैयाँ फिटको दरले काठ चिरानको मजदुरी ज्याला दिने सहमतिका आधारमा ४ जनालाइ २÷२ हजारका दरले पेस्की दिएर चिरान गर्न लगायको नैन बहादुर सिजाली मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close