प्रदेशसमाज

कुटपिट वाट अछाममा २४ बर्षिय युवकको ज्यान गयो

[mashshare]

अछाम जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मु’त्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मु’त्यु भएको हो ।

हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कु’ट’पि’ट हुदा ग’म्भीर घा’ईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मु’त्यु भएको बताईएको छ ।

बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा ग’म्भी’र चो’ट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मु’त्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनु भयो ।

उहाँको भित्रि भागमा ग’म्भीर चो’ट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गर्दा लैजानका लागि अछाममा हेलिकप्टर ल्याण्ड हुने बित्तिकै मु’त्यु भईसकेको डाक्टर बिष्टले बताउनु भयो ।

यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घ’ट’नाको अनुसन्धान जारी रहेको बताईएको छ । कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका ४÷५ जना युवाको समुहले उहाँलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close