समाचार

हुम्लाको सर्केगाड गाउँपालिकाको ठूलो गाउँमा आगलागी

[mashshare]

हुम्लाको सर्केगाड गाउँपालिकाकाे वडा नम्बर ७ राडिकोटको ठूला गाउँमा आगलागी भएको छ । बाक्लो बस्ती रहेको ठूला गाउँमा आगलागी भएको खवर पाएपछि प्रहरी त्यसतर्फ हिडेको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए ।

‘मलाई पनि केही बेर अघि जानकारी आएको छ’ उपाध्यक्ष धामीले भने, ‘आगलागीबाट १२ घर जलेका छन्, अागाे नियन्त्रणमा लिन स्थानीय खटिएकाे जानकारी अाएकाे छ ।’ अागलागीकाे कारण भने खुलेकाे छैन् । ठूला गाउँमा झण्डै डेढसय घरधुरी रहेकाे पनि जाेशीकाे भनाइ छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close