प्रदेशमनाेरञ्जनसमाचार

राेकिएन तिजकाे रहर, मास्क लगाएरै तिजगित प्रतियोगिता सम्पन्न ,

आवाज संस्था सुर्खेतकाे आयाेजनामा तिजगित प्रतियोगिता आज पञ्चपुरी ८ काे दुलालथाई मा सम्पन्न भएको छ ।

लैङ्गिक तथा घरेलुु हिंसा न्युनिकरण सम्बन्धि भएको लाेकगित प्रतियोगितामा शिवमन्दिर युवा क्लव माझिगाउ प्रथम भएको छ ।

त्यसैगरी मालिका महिला समूह माझिगाउ दाेस्राे, फुलवारी महिला समूह दुलालथाई तेस्रो र जनचेतना महिला समुह दुलालथाई सान्त्वना भएको छ ।

बिजेताहरुलाई पुरुस्कार समेत बितरण गरिएको छ । कार्यक्रम वडा स्तरीय महिला संजालका अध्यक्ष जानकी थापाकाे अध्यक्षतामा सम्पन्न भएको सहजकर्ता कल्पना नेपालीले जानकारी दिनुभएको छ ।

काेराेना महामारीको बिचमा पनि सहभागी र दर्शकहरु मास्क लगाएर तिजगित प्रतियोगितामा सहभागी भएका हुन । कार्यक्रममा सुशील घिमिरे, ललित सुनार, बालकृष्ण सिग्देल लगाएतकाे सहभागीता रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close