राजनीति

एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत,

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि शान्तिलाल महतसहितको नयाँ कमिटी विस्तार गरेको छ । 

नेकपा एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महतसहितको १४९ जना जिल्ला कमिटी गठनका लागि प्रस्ताव गरेको छ ।  प्रस्तावित कमिटीको भने सोमवार हुने बैठकले अनुमोदन गर्ने नेकपा एमाले जुम्लाले जानकारी दिएको छ । 

हिजाे नेकपा एकीकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो दिन आइतवार उद्योग वाणिज्य सङ्घको हलमा भेला सम्पन्न गरेको हो । भेलामा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्व राज्यमन्त्री बलबहादुर महतले सम्बाेधन गर्नुभएको छ । 

बाेगटीले एमाले विभाजन पछिको समसामयिक राजनितिक अवस्थाका विषयमा सम्बाेधनसहित कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । नेता बाेगटीले एमाले अब नयाँ शिराबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । 

पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेका संस्थापकनै भएकाले एमाले भएकाले सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close