प्रदेशराजनीतिसमाचार

राप्रपाकाे प्रथम नगरस्तरिय अधिबेशन बाबियाचाैरमा सम्पन्न,

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतकाे प्रथम नगरस्तरिय अधिबेशन तथा प्रदेश २ ख काे प्रदेश स्तरिय भेला आज बाबियाचाैरमा सम्पन्न भएको छ । भेलाकाे सम्वाेधन गर्दै उच्चस्तरीय कार्य सम्पादन समितिका केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीले राजसंस्था सहितकाे हिन्दुराष्ट्र कायम भए मात्रै देशकाे बिकास हुने बताउनुभएको छ ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि तथा उच्चस्तरीय कार्य सम्पादन समितिका केन्द्रीय सदस्य कबिराम पुरिले संघियताले बिकास भन्दा पनि समुदायमा भ्रष्टाचार माैलाएकाे बताउनुभएको छ । संघियताका नाममा मुलुक बिखण्डन तिर गएकाे र यसकाे बिरुद्धमा सबै नेता तथा कार्यकर्ता लाग्न जरुरी रहेकाे बताउनुभयो ।

आज भएको भेलाले शिवराज जैशीकाे अध्यक्षतामा ३५ सदस्यीय नगर समिति समेत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा देविसरा अधिकारी, ओमप्रकाश अधिकारी, पदम बहादुर तारामी, सचिब अशाेक सिंह, सहसचिव शेरबहादुर थापा र काेषाध्यक्ष बिमला शाही रहनुभएकाे छ ।

त्यसैगरी भेलाले प्रदेश २ ख काे अध्यक्षमा अम्मर बहादुर थापा मगरलाई चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा पदमबहादुर तारामी, टाेप बहादुर गिरी, सचिब शुरेन्द्र जैशी, काेषाध्यक्ष हरिकला तारामी र सह सचिव मा प्रेमबहादुर शाही रहनुभएकाे छ । भेला शिवराज जैशीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close