शिक्षा

नगरशिक्षाकाे निर्देशनलाई मानेन बरैचेकाे युवाज्याेती बिद्यालयले,,

[mashshare]

स्थानीय सरकार गठन भएको ३ बर्ष बिति सक्दा पनि सरकारी कार्यालयले अझै अाफ्नाे कार्यालयकाे बाेर्ड परिबर्तन गर्न सकेका छैनन । पञ्चपुरी नगरपालिका काे वडा नं ४ काे बाटाे छेउमै रहकाे युवाज्याेति अाधारभुत बिद्यालय बरैचेले अझैसम्म बिद्यालय साईनबाेर्डकाे ठेगाना परिवर्तन गरेकाे छैन । पञ्चपुरी नगरपालिका काे वडा नं ४ बरैचे हालकाे ठेगाना हाे भने बिद्यालयले अझैसम्म पुरानै साबिककाे बाबियाचाैर, ६ नै कायम गरेकाे छ । स्थानीय निकाय गठन भैसकेपछि संरचना नै परिवर्तन भएको बेला बिद्यालयले सामान्य तर महत्त्वपूर्ण ठेगाना परिबर्तन गर्ने काम समेत गर्ने फुर्सद पाएकाे छैन ।

दैनिक यातायात काे साधनहरु चल्ने र वडा कार्यालयकाे अाडैमा भएको बिद्यालयले ठेगाना परिवर्तन गर्ने काम नगर्दा स्थानीय निकाय प्रति नै प्रश्न चिन्ह खडा भएको छ । युवाज्याेति अाधारभुत बिद्यालयमा अहिले कक्षा ८ सम्म अध्ययन हुने गरेकाे छ । यता नगरशिक्षा शाखा पञ्चपुरीले सबै बिद्यालय लाई ठेगाना परिवर्तन गर्न यश अघि नै निर्देशन दिईसकेकाे र अहिलेसम्म जिम्माकाे काम पूरा नगर्नु बिद्यालय काे कमजोरी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close