समाज

पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

[mashshare]

काठमाण्डाै – आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश एक, दुई, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ । 

अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

 मनसुनकाे अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको छ । ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close