समाचार
[mashshare]
नाम बदलेर अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् ।
सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी रुद्र सुनारको नाममा भर्ना भएका थिए ।
सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारसहितको समूहले १३ भदौमा तिनपाटन गाउँपालिकाको भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको अपहरण गरेको थियो ।