प्रदेश

कर्णालीका ढकाल र खत्री पुरस्कृत

[mashshare]

यस वर्षको निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत भएका छन् । जसमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गरिने भएको हो ।
यद्धपी सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार भने कसैलाई दिएको छैन ।
सरकारले निजामती सेवा दिवसको अवसरमा ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्दै आएको छ ।

निजामति सेवा दिवसमा कर्णाली प्रदेशबाट २ जना कर्मचारी पुरस्कृत भएका छन् । जसमध्ये वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल र जिल्ला प्रशासन कार्यालय सल्यानका कार्यालय सहयोगी गेदलाल खत्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close