राजनीति

कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि कांग्रेसको १४औँ महाधिवेशन के होला भन्ने प्रश्न उठेको छ ।

कांग्रेस संस्थापन पक्ष यादवको राजीनामा फिर्ताका लागि सक्दो प्रयास गरिरहेको छ । संस्थापन पक्षका नेताहरु रमेश लेखक र डा. प्रकाशशरण महत तथा मीन विश्वकर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी राखेका छन् ।

यादवले भने आफू अराजनीतिक र अवैधानिक गतिविधिका लागि मतियार बन्न नसक्ने भन्दै राजीनामा फिर्ता नलिने अडान राखेको बताइएको छ ।

स्रोतका अनुसार संयोजक यादवलाई संस्थापनले ३०० वटा फाइलमा हस्ताक्षर गराएको थियो । देशभरका विभिन्न जिल्लामा पठाइएको ती फाइलका विषयमा निर्वाचन समितिमा समेत छलफल नहुँदै संस्थापनले हस्ताक्षर गराएपछि समितिभित्रै त्यसको प्रमाणीकरण कहाँबाट गर्नुभयो भन्दै प्रश्न उठाइएको थियो । त्यस क्रममा यादवले मुख्यसचिव र आफ्नो दुईजनाको हस्ताक्षर भएको भन्दै प्रमाण आवश्यक परे मुख्यसचिवले जुटाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close