समाचार

सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई काेराेना पुष्टि

[mashshare]

सुर्खेत । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई काेराेना पुष्टि भएको छ । केहि दिन यता सामान्य रूघा खाेकीका लक्षण देखिएका कसीले काेराेनाकाे अाशंका लागेपछि परीक्षण गराएपछि अाज पुष्टि भएको हाे ।

कोरोना महामारी नियन्त्रणमा खटिदै अाएका केसी हाल सिम्तामा रहेकाे बागेश्वरी माध्यमिक विद्यालयकाे अाईसाेलेसनमा बसेका छन् ।
‘सामान्य रूघा खाेकीका लक्षण देखिएपछि वीरेन्द्रनगरमा स्वाव दिएर फर्केकाे थिए’ अध्यक्ष केसीले भने, ‘अाज मात्रै परीक्षणकाे रिपोर्ट अाएपछि काेराेना पाेजेटिभ देखिएछ, म अहिले अाइसाेलेसनमा बसेकाे छु ।’ अध्यक्ष केसीले गाउँपालिकाका कर्मचारी र अाफूसंगसंग सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु क्वारेन्टाइन बसेकाे जनाए । करिव ७ महिना गाउँपालिकामा कोरोना न्युनिकरण गर्न नागरिकको सुरक्षाका लागिफअतुलनीय भुमिका निर्वाह गरिरहेका केसीले नागरिकलाई नअात्तिन अाग्रह गरेका छन् ।

क्वारेन्टाइन र आइसाेलेसनमा पुगेर दैनिकी कोरोना सम्बन्धि सजगता र नागरिकको मनोवल वढाउने कार्यमा उनको मुख्य भुमिका रहेको स्थानीय बताउछन् । आइसाेलेसनमा रहेका कोरोना पोजेटिभ नागरिकलाई योगा सिकाउने कार्यमा समेत अध्यक्ष आफै खटिदै अाएका थिए । अाफूलाई काेराेना पाेजेटिभ देखिएपछि अाफ्नाे सम्पर्कमा रहेका सबैकाे कन्ट्याक्ट् ट्रेडिङ गर्ने र एक हप्ता गाउँपालिका सील गर्ने तयारी भईरहेकाे केसीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close