प्रदेशसमाज

बराहतालमा चट्याङ लागेर दुइ जनाको मृत्यु

[mashshare]

सुर्खेतको बराहताल गाउँपालिकामा चट्याङ लागेर दुइ जनाको मृत्य भएको छ भने तीन जना घाइते भएका छन् । बराहताल गाउँपालिका १, खोल्टेपानीमा रहेको सुरजबहादुर ओलीको घरमा गएराती ११ बजेतिर चट्याङ पर्दा दुइ जनाको मृत्यु भएको हो ।
मृ्त्यु हुनेमा सुरजका ५ वर्षीया छोरी रोशनी र उनका भाइका १० वर्षीय छोरा विनोदको मृत्यु भएको वडा नं १ का अध्यक्ष तुलादेब भारतीले जानकारी दिनुभएको छ । उहाका अनुसार घाइते हुनेमा सुरजका १० वर्षीया छोरी गंगा, १२ वर्षीया छोरी अमृता र ७ वर्षीय छोरा जय छन् । उनीहरूलाई शरीरको भित्री भाग, खुट्टामा चोट लागेको र उपचारका लागि सदरमुकाम वीरेन्द्रनगर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close