राजनीति

नेकपाका कार्यकर्ता अधिकारीकाे वरिष्ठ नेता माधवकुमार नेपाललाई खुल्ला पत्र

[mashshare]

सुर्खेत । काठमाडाैंमा नेकपाकाे बैठक आयोजानाको पुर्ब सन्ध्यामा नेपालको पिछडिएको दुर्गम कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नेकपाका कार्यकर्ता हरिप्रसाद अधिकारीले फेसबुकमार्फत नेकपाका वरिष्ठ नेता एवम् पुर्ब प्रधानमन्त्री श्री माधवकुमार नेपाललाई  खुल्ला पत्र लेखेका छन् । 

उनले पत्रमा नेकपा एकता भएको झन्डै २८ महिना यताका गतिविधिलाई वुँदागत रुपमा लेखेका छन् । अधिकारीले खुला पत्रमा पार्टी एकता पश्चात् पार्टी जसरी चल्नु पर्थ्यो साे चल्न नसकेकाे, बैठकको नियमितता नभएकाे, समय मै एकता प्रक्रिया नटुंगिएकाे,न्यायचित अबसर बितरण नभएकाे ,योग्यता र योग्य हरुलाइ उचित स्थान दिन नसकेकाे जस्ता थुप्रै कमिकमजाेरी भइरहेकाे बताएका छन् । 

हेराै अधिकारीले लेखेकाे खुला पत्र

आदरणीय कम्रेड अभिबादन

उपरोक्त सम्बन्धमा भोलि २०७७ भाद्र २६ गते नेकपा केन्द्रिय कमिटी स्थायी कमिटी बैठक आयोजानाको पुर्ब सन्ध्यामा यो पत्र नेपाल को पिछडिएको दुर्गम कर्णाली प्रदेश को राजधानी सुर्खेतबाट कोर्दै छु । नेकपा एकता भयको झन्डै २८ महिना भै सकेको छ । पत्रमा बुदागत रुपमा राख्ने कोशिश गर्दै छु ।

१: तपाईले जटिल प्रतिकुल बेला झन्डै १५ बर्ष नेपालमा पार्टी को नेतृत्व गर्नु भयो । स्थापित मुल्य मान्यतालाई तपाईंको सचिबालय मार्फत तथ्य तथ्यांक सहित सार्बजनिक गर्नु जरुरी छ । जसले तपाईंले उठाइयका विधि प्रणाली पद्धति बारे तपाईंको लामो यात्राले सिद्ध गर्ने छ ।

२: पार्टी एकता पश्चात् हाम्रो पार्टी जसरी चल्नु पर्थ्यो चलेन बैठक को नियमितता, समय मै एकता प्रक्रिया टुंगिने,न्यायचित अबसर बितरण ,योग्यता र योग्य हरुलाइ उचित स्थान । अब यसमा सुधार गर्न जरुरी छ । जुन भोलि को बैठक कोसेढुगा साबित होस यसमा तपाईंको भुमिका अहम हुने नैछ ।

३: यदि पार्टी कार्यालय सहि रेकर्ड छ भने ८ लाख कार्यकर्ताको सहि परिचालन ,देश बिकास मा लगाउने बिधि प्रणाली स्थापित गर्नु पर्ने छ ।

४: अन्य पार्टी को तुलना मा नेकपा ठूलो नै छ । अब पार्टीको ओज बढने गरि आम नेपाली को मुल प्रवाह को पार्टी यो नै हो भन्ने आत्म बिश्वास दिलाउनु आजको चुनौती हो ।बहस होस ।

५: उमेर हद,एकै ब्यक्तीलाई कति पटक प्रतिनिधिको भुमिका दिने होस,संबैधानिक निकाय मा कस्ता र कति पटक नियुक्ति को अबसर दिने । बिधिको खाचो देखियको छ ।

६: आजिबन निजामती सेवामा निबृती हुने अबकाश पछि सरकारी नियुक्ति दिनाले देश मा भ्रष्टाचार मौलायको छ । यो विधि तोड्नु पर्छ । यस्ता नियुक्ति खुल्ला गरिनु पर्छ ।योग्य को खोजी होस ।

७: यदि समाजवादको बाटो तय हो भने के के आधार बनाइदै छन । मन्त्री नियुक्ति गुटका आधार मा होइन कि बिषय बिज्ञ लाई चयन गर्दै कार्यसम्पादन मुल्यांकन प्रणाली लागू होस

८: नेकपामा लागेका सबैले आफ्नो भबिस्य देखेको बनाउन जरुरी छ ।बहस को थालनी होस ।

९: सबै नेपाली लाई कामको ग्यारेन्टी गर्न जरुरी छ । रोजगार मन्त्रालय मार्फत रोजगारी सिर्जना होस ।कृषि बन सिचाइ पशुपालन आदि मा ठुला आयोजाना स्थापना गर्दै लाखौं को रोजगारी सिर्जना होस । बैठकमा योजना पेश होस ।

१०: पद को पछि होइन कि ५० औ बर्ष समाजबादी ब्यबस्था स्थापना लागि विधि पद्धति को अझै बहस होस।

११: निजामती सेवा अझै प्रभाव कारी बनाउन बहस होस ।संबैधानिक निकायमा नियुक्ति असल छवि भयका पार्टी भित्र बाहिर बाट ल्याउन पाउने कानुनी अभाब छ बहस होस ।

१२: जनप्रतिनिधिहरु, पार्टी नेताहरूका लागि निश्चित आचारसंहिता अभिलम्ब जारी होस । सुबिधा मोह विरुद्ध नीति बनाइयोस । तीन तहका सरकार का काम को प्रभाकारिता को लागि बहस होस ।

१३: नाताबाद कृपाबाद, सम्पत्ति थुपार्ने , सरकारी काम होस पार्टी भित्र होस भन सुन प्रथा तत्काल निरुत्साहित को बहस होस ।

१४: हाम्रो स्वाभिमान ,हाम्रो श्रोत साधान गरिबी, दुर्गम आदि हाम्रा पहिचान भय पनि अब यश विरुद्ध लड्ने रणनीति बनाइ नागरिक मा ढुक्कसँग सरकार र पार्टी छ भन्ने बिश्वास दिलाउनु जरुरी छ । कमि देखियका सन्दर्भ मा बहस होस ।

१५: बिचार को बहस महाधिवेशन मा होस ,बैठक भित्र असमति सार्बजनिक स्थान मा सहमती होस,राजनीति भित्र कार्यकर्ता लाई भएको अन्याय आउदा दिन मा हुन्न भन्ने भरपर्दो नीति बनौस ।

१६: विधि बिधान प्रतिकुल अवस्था बाहेक कडाइ का साथ लागू होस ।पार्टी ले सरकार लाई नेतृत्व देहोस । पार्टीले पारित गरेका बहस गरेका छलफल गरेका ऐजेन्डा नै सरकार का निति र कार्यक्रममा झल्काउने कार्य होस प्रणाली का लागि बहस होस ।

यी सुझाब बारे तपाईं जानकार हुनुहुन्छ ।तपाईंले विधि पद्धति र प्रणाली को बहस नथालेको भय आज पार्टी महासङ भै सक्थ्यो होला । तपाईंले के पाउनु भयो यो कुनै कुरा होइन । यदि कार्यकर्ता को ब्यबस्थापन को लागि पार्टी भित्र बहस जरुरी छ । तपाईं यसै मा गर्व गर्नुहोस् यो पार्टी मा अनुभवी ,योग्य क्षमता भयका त्यागी अनुशासन भयका नेताहरू को कमि छैन पार्टी का अघिल्लो पुस्ता वा नेतृत्व मा रहेका आदरणीय नेताहरू ले परामर्श गर्ने ,क्षमता को उपयोग गर्ने प्रणाली स्थापित होस । तपाईं कमिटी मा अल्पमत पर्नुहोस वा बहुमत तपाईंको लामो नेतृत्वदायी भूमिकाको यो पार्टी मा स्थापित सिद्धान्त अनुरुपको नीति विधि प्रणाली र पद्धति को बहस सार्थक हुँदै गयको छ । तपाईं मा निरासा नहोस । भोलि को स्थायी कमिटी बैठकमा निकास को सहि मार्ग तपाईंको हात मै छ अध्यक्ष कम्रेडहरुले प्रस्तावित सहमति को खाका बाहिर आयको छ अझै बहस होस । म कहाँ पुग्छु भनेर होइन कि देश कता जाँदै छ भन्ने बहस होस अग्रिम सुभ कामना ।

(क.हरिप्रसाद अधिकारी जिल्ला कमिटी सदस्य तथा सचिब चौकुने गाउँ पालिका कमिटी सुर्खेत 9848022286)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close