
सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीमा ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला एक गरी ३० जनामा कोरोना पुष्टि भएको हो ।
आज पुष्टि हुनेमध्य एक जना सामाजिक विकास मन्त्रालयका कर्मचारी छन् । उनी उच्च शिक्षा शाखाका कर्मचारी रहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि शाखा सील गरेर अन्य कर्मचारीलाई होम आइसोलेशनमा पठाइएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कंडेलकाअनुसार संक्रमित अन्य २९ जनामध्य वीरेन्द्रनगरका सात, बर्दियाका चार, दैलेखका तीन, सुर्खेत भेरीगंगाका, कालिकोट, जुम्ला र सल्यानका दुई/दुई जना छन् ।
यस्तै, जाजरकोट, हुम्ला, काठमाडौं, ताप्लेजुंङ, ललितपुर, गुल्मी र जुम्लाका एक/एक जना छन् । पछिल्लो २४ घण्टाका नयाँ संक्रमितसहित कर्णालीमा कोरोना पुष्टि भएकाको संख्या एकहजार सातसय ५५ पुगेको छन् ।