शिक्षासमाचार

चित्रकला प्रतियोगिता सम्पन्न

[mashshare]

बिपतमा बालअधिकार काे शुनिश्चितता, हामी सबैकाे साझा प्रतिबद्धता भन्ने मुख्य नारा सहित राष्ट्रिय बालदिवश साेमबार बाबियाचाैरमा सम्पन्न भएको छ । AEIN लक्जेम्बर TDH जर्मनीको सहयाेग पञ्चपुरी नगरपालिका समन्वय र अावाज संस्था काे सहयोग मा काेभिड १९ बाट बालबालिका माथि पारेकाे प्रभावकाे बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका अन्तरगतका वडा तथा बालसुलभ केन्द्र का गरि १४ जना बालबालिका काे सहभागीता रहेकाे थियाे ।

काेराेना भाइरसकाे महामारी लाई मध्यनजर गर्दै मास्क, सेनिटाईजर प्रयाेग गर्दै सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिएको अावाज संस्थाका कार्यक्रम संयाेजक सुशील कार्कीले जानकारी दिनुभयाे ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्राुख उपेन्द्र बहादुर थापाले चित्रकलाले बालबालिका काे क्षमता बिकासमा सहयोग पुगेकाे बताउनुभयो । प्रतियोगितामा पञ्चपुरी वडा नं ५ सबिना भण्डारी प्रथम, सुशील बिक द्वितिय, वडा नं २ का तिलक अाचार्य तृतिय र वडा नं ७ का दिपिका बयक सान्तवना भएका छन ।

कार्यक्रम का उत्कृष्ट लाई स्टेसनरी तथा सरसफाइ सामाग्री पुरुस्कार समेत प्रदान गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष दिपराज जैशी, नगरशिक्षा शाखाका द्राेणराज पाठक, शिक्षक लगाएतकाे सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close